images
images

क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण गरिँदै, आगामी वर्षासम्म निर्माण सकिएला ?

क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण गरिँदै, आगामी वर्षासम्म निर्माण सकिएला ?

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण गरिँदै, आगामी वर्षासम्म निर्माण सकिएला ?
    images
    images

    काठमाडौँ / मनसुनी विपद‍्बाट क्षति भएको बिपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्नेगरी अध्ययन अगाडि बढाइएको छ । गत असोजमा गएको भीषण बाढी र पहिरोबाट सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गालगायत जिल्लामा पुग्ने यातायातको मुख्य आधारका रूपमा रहेको बिपी राजमार्गको विभिन्न भागमा सामान्य क्षतिसँगै रोशी आसपासका करिब १० किमी पूर्णरूपमा क्षति पुगेको थियो । 

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघिनै यातायात सञ्चालन गर्न पहल गरेका थिए । यातायात सञ्चालन भएसँगै उक्त राजमार्ग वर्षायाममा पनि सञ्चालन हुनेगरी हाल प्राविधिक अध्ययनलाई अगाडि बढाइएको छ । 

    सडक विभागले हाल भकुण्डेबेसीबाट नेपालथोकसम्मको करिब ३० किमी सडकको स्तरोन्नतिसँगै पुनःनिर्माणको प्रक्रियाको काम अगाडि बढाउने तयारी गरेको छ । 

    सडकको स्तरोन्नति र पुनःनिर्माणको लागि विभागले परामर्शदाताको रूपमा ‘रिप्पल ट्रेनिङ्ग एण्ड कन्सल्टिङ्ग सर्भिसेज’सँग सम्झौता गरी विस्तृत प्राविधिक प्रतिवेदन तयारको काम अघि बढाइको छ । 

    परामर्शदाताले मौजुदा प्रतिवेदनसमेत तयार गरिसकेको र सोको ‘फिल्ड भेरिफिकेसन’ समेत सम्पन्न गरेको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोख्रेल, उप–महानिर्देशक अर्जुन अर्याल, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँका टिम लिडर तथा ट्रान्स्पोर्टेसन इन्जिनियर अमितप्रसाद तिमल्सेना, ई राजेन्द्र पौडेललगायतको टोलीले निरीक्षण गरी आवश्यक परिमार्जन गर्ने विषयमा छलफल गरेको छ । 

    अनुगमनपछि सचिव शर्माले आवश्यक परिमार्जन गरी विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्न र वर्षाको समयमा यातायात सञ्चालन गर्नेगरी आवश्यक कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिए । 

    चौकीडाँडा क्षेत्रको थप अनुसन्धान र निरीक्षणका क्रममा आवश्यक देखिएका परिमार्जनलाई समेत समावेश गरेर चाँडै विस्तृत प्राविधिक प्रतिवेदन तयार गरिने तिमल्सेनाले बताए ।

    न्यौपानेले पुनर्निर्माण गरिने सडक दुई लेनको हुनेगरी अध्ययन भइरहेको र विस्तृत प्राविधिक प्रतिवेदन तयार भएपश्चात बजेट सुनिश्चितता गरी विभिन्न प्याकेज बनाई निर्माण कार्य चाँडो सम्पन्न गर्ने विभागको योजना रहेको बताए । 

    वर्षाको समयमा समेत सडक सञ्चालनको तयारीमा लागि परेको र सो को लागि बजेट माग समेत गरिएको भक्तपुर डिभिजन प्रमुख सिडिई सुमन योगेशले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार