images
images

सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई, तोरण विक्रम एक स्ट्रोकले पराजित

सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई, तोरण विक्रम एक स्ट्रोकले पराजित

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई, तोरण विक्रम एक स्ट्रोकले पराजित
    images
    images

    काठमाडौँ / सूर्य नेपाल गल्फ टुर २०२४र२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन्। अन्तिम दिन ५–अन्डर ६७ को उत्कृष्ट स्कोर सहित समग्रमा १२–अन्डर २७६ को नतिजामा उनले अनुभवी प्रो. तोरण विक्रम शाहीलाई एक स्ट्रोकले माथ दिए। राहुलको सूर्य नेपाल गल्फ टुरमा करियरको यो पहिलो उपाधि हो।

    गोकर्ण गल्फ क्लबमा लगातार तीन दिनका लिडर तोरणले इभन–पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११–अन्डर २७७ सहित दोस्रो भए। प्रोफेसनलतर्फ भने पहिलो हुँदै उनले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे।

    नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य भने समग्रमा ७–अन्डर २८१ सहित तेस्रो भए। उनले आज इभन–पार ७२ मा खेल सकाए। समग्रमा ३–अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले चौथो स्थान बाँडे। निरजले आज १–ओभर ७३ र भुवनले २–अन्डर ७० मा खेल सकाए। 

    प्रोफेसनलतर्फ संयुक्तरुपमा दोस्रो भएका उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। यसैगरी समग्रमा इभन–पार २८८ को नतिजामा सुनिल केसी र जयराम श्रेष्ठ संयुक्तरुपमा छैटौँ भए। 

    सुनिलले २–अन्डर ७० र जयरामले इभन–पार ७२ को स्कोर दर्ज गरे। दुवैले जनही ५८ हजार नगद आफ्नो नाममा लेखाए। यसैगरी समग्रमा ३–ओभर २९१ सहित राजेन्द्र थापा मगरले आठौँ स्थानमा प्रतियोगिता सकाए। उनले आज इभन–पार ७२ मा खेल पुरा गरे। 

    ४–ओभर २९२ को नतिजामा सञ्जय लामा नवौँ र ५–ओभर २९३ सहित भुवन कुमार रोक्का समग्रमा दशौँ भए। अन्तिम दिन सञ्जयले इभन–पार र भुवनले १–ओभर ७३ को स्कोर दर्ज गरे। उनीहरूले क्रमश ४६ हजार, ४२ हजार र ३८ हजार नगद पुरस्कार प्राप्त गरे। आज एमेच्योर गजेन्द्र गुरूङले १०औँ होलमा होल–इन–वानको सफलता प्राप्त गरे।

    अन्तिम १८ होलको खेल सुरु गर्दा राहुल र सदभाव विरूद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो। उपाधि जित्ने सम्भावना तोरणको उच्च थियो तर पहिलो पटक फाइनल ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरे। 

    दोस्रो, तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे। उनले बोगीरहित फ्रन्ट नाइन खेले। फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। यता लगातार तीन दिनका लिडर तोरणले पहिलो होलको बोगी विरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। फ्रन्ट नाइनको खेल सकिदा राहुलले खेललाई बराबरीमा पुर्याए। तोरण र राहुल समान ११–अन्डरमा थिए। 

    यसपछि बाँकी नौ होलको खेलमा तोरण र राहुलको कडा प्रतिस्पर्धा चल्यो। राहुलले ११औँ र १२औँ होलमा बर्डी प्रहार गरे। तोरणले भने १०औँ र १३औँ होलमा एक–एक सट बचाए भने १५औं होलमा बोगी प्रहार गर्दा १५औं होलको खेल सकिंदा खेल बराबरीमा पुग्यो। 

    १६औं होल राहुलको लागि  टर्निङ प्वाइन्ट बन्यो। उनले करिब २५ फिटबाट बर्डी प्रहार गरे। राहुलले एक स्ट्रोकको अग्रता बनाए। १७औँ होलमा दुवैले बोगी र १८औँ होलमा दुवैले पार खेल्दा राहुलले एक स्ट्रोकको अग्रतामा उपाधि जिते।

    राहुलले दाबेदार सदभावलाई ५ स्ट्रोकले हराउँदै एमेच्योरतर्फको पनि उपाधि जिते। डिफेन्डिङ च्याम्पियन सदभावले पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरे पनि दोस्रो छैटौँ र नवौँ होलको बोगीले फ्रन्ट नाइन १ बनाए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार