काठमाडौँ / एनआइसी एसिया बैंकको थापा गाउँस्थित एटीएममा गएराती चोरीको प्रयास भएको छ । मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वित्त नयाँ बानेश्वरले जनाएको छ ।
वित्तका अनुसार, “थापा गाँउस्थित रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो तर समयमा जानकारी पाएको हुनाले सफल हुन सकेन । उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ ।”