काठमाडौं / नामी ब्राण्डका कारहरुको मूल्य १ लाख रुपैयाँसम्मले बढेको नेपालको आधिकारिक बिक्रेता एमए डब्लुवृद्धिले जनाएको छ ।
पछिल्लो समय नेपाली बजारमा लोप्रियता हासिल गर्दै आएको नामीका भेरियन्टहरुमा २५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म मूल्य बढाएको कम्पनीले भनेको छ ।
कम्पनीले नामी ई १ को मूल्य २५ हजार रुपैयाँ बढेको हो । अब यो कारको मूल्य ३० लाख २५ हजार रुपैयाँ पर्छ ।
नामी ई २ को मूलय ५० हजार रुपैयाँले बढेको छ । अब यो कारको मूल्य ३२ लाख ४९ हजार रुपैयाँ पर्छ ।
नामी ई–३ को मूल्य १ लाख रुपैयाँले बढेको छ । ग्राहकले ३५ लाख ९९ हजार रुपैयाँ पर्छ ।
नामीमा ७० किलोवाटको मोटर पावर छ ।
नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३१० किलोमिटर रेन्ज दिन्छ । नामीको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा छ ।