images
images

विश्व लगानीकर्ता सप्ताह : हिमालयन क्यापिटलद्वारा प्यूठानमा वित्तीय शिक्षा तथा जनचेतना कार्यक्रम सम्पन्न

विश्व लगानीकर्ता सप्ताह : हिमालयन क्यापिटलद्वारा प्यूठानमा वित्तीय शिक्षा तथा जनचेतना कार्यक्रम सम्पन्न

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • विश्व लगानीकर्ता सप्ताह : हिमालयन क्यापिटलद्वारा प्यूठानमा वित्तीय शिक्षा तथा जनचेतना कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / हिमालयन क्यापिटल लिमिटेडले  विश्व लगानीकर्ता सप्ताहको अवसरमा वित्तीय शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको छ ।स्थापनाकालदेखि नै पूँजी बजारको बिकासका लागि विभिन्न कार्यक्रमहरू गरिरहेको सो कम्पनीले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा शुक्रबार प्युठानमा वित्तीय सचेतनासम्बन्धी कार्यक्रमको आयोजना गरेको हो । 

    पूँजी बजारको दिगो बिकासमा प्रतिबद्ध रहेको बताउने हिमालयन क्यापिटले प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका, प्यूठानमा शुक्रबार लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

    उक्त कार्यक्रममा हिमालयन क्यापिटलका तर्फबाट  प्रमुख सञ्चालन अधिकृत रामप्रसाद भट्टराइले सहभागीहरूलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरू, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति, र सामूहिक लगानी कोष सम्बन्धि जानकारी दिएका थिए । 

    साथै पूँजी बजारको निरन्तर बिकासको निम्ति भावी पुस्तालाई पूँजी बजार र यसको प्रकृतिको  सम्बन्धमा जानकार बनाउन सहयोग गर्ने उद्देश्यको साथ आयोजित सो कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । 

    उक्त कार्यक्रमबाट प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका, प्यूठानका स्थानीयहरू लाभान्वित हुने बिश्वास रहेको कम्पनीले जनाएको छ । 
    3.JPG

    कार्यक्रमका सहभागीले उक्त कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा राम्रोसँग बुझ्न पाएको प्रतिक्रिया दिएका थिए । 

    उक्त कार्यक्रम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको सहभागीहरूले बताएका थिए ।

    2.JPG

    हिमालयन क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताह  International Organization of Securities Commission (IOSCO) को आव्हानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार