images
images

टोखामा कर्जा सदुपयोगिता सम्बन्धी अन्तर्क्रिया, निक्षेपकर्ता संस्था र ऋणीहरूबीच छलफल

टोखामा कर्जा सदुपयोगिता सम्बन्धी अन्तर्क्रिया, निक्षेपकर्ता संस्था र ऋणीहरूबीच छलफल

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • टोखामा कर्जा सदुपयोगिता सम्बन्धी अन्तर्क्रिया, निक्षेपकर्ता संस्था र ऋणीहरूबीच छलफल
    images
    images

    काठमाडौँ / काठमाडौँको टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नविल बैँक लिमिटेडको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखा –१० को आयोजनामा शनिबार एकदिने कर्जा सदुपयोगिता सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    उक्त अन्तर्क्रियामा कर्जा किन लिने ? कति लिने ? कहाँबाट लिने ? जे कामका लागि लिइएको हो सोही काममा प्रयोग गर्नुपर्ने, प्रयोग नगर्दा हुने समस्या सम्बन्धमा निक्षेपकर्ता संस्था र ऋणीहरूबीचमा छलफल भएको थियो ।

    नविल बैँकका अध्यक्ष उपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको अन्तर्क्रियामा ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगिता सम्बन्धी प्रशिक्षण दिएका थिए । 

    छलफलबाट प्राप्त राय सुझाव सम्बन्धित बैँक तथा वित्तिय संस्थाहरुलाई प्रतिवेदनमार्फत उपलब्ध गराउने टोखा विकास अनुसन्धान समाज टोखा –१० का अध्यक्ष एवम् नेपाल राष्ट्र बैँकका पूर्व सञ्चालक रामजी रेग्मीले जानकारी दिए ।

    यस्तै, अन्तर्क्रियामा उठेका राय सुझावलाई निक्षेपकर्ता र ऋणीहरूलाई कर्जा सदुपयोगिताका सम्बन्धमा कायम रहेका नीतिगत व्यवस्थाहरू निर्देशनहरूबारे जानकारी गराउने बताइएको छ । 

    छलफलबाट उठेका प्रश्नको समाजका अध्यक्ष एवम् राष्ट्र बैँकका पूर्व सञ्चालक रामजी रेग्मीले उत्तर दिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार