काठमाडौँ / दसैँपछि खुलेको बजारमा सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार कार्तिक २३ गतेको तुलनामा आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।
कार्तिक २३ गते अर्थात फूलपातीको अघिल्लो दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको थियो भने उक्त मूल्य आज बढेर १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँ रहेको थियो ।