काठमाडौँ / ग्यास चुहिँदै गरेको अवस्थामा बगेको बुलेट भ्याली अटो ग्यास प्रा.लि.को रहेको नेपाल आयल निगमले जनाएको छ । च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको बुलेट निकाल्न सकिरहेको छैन ।
ग्यास चुहिएर सकिइसकेको भए पनि उक्त बुलेट सो स्थानबाट नहटाएसम्म अग्निजन्य पदार्थ प्रयोग गर्न निगमले आग्रह गरेको हो । ग्यास निस्केर माथितिर गइरहेको अवस्थामा सो बुलेट भक्तपुरतर्फबाट बगाएर ल्याएको देखिएको थियो ।