images
images

भारतको बेंगलुरुमा नेपाली मूलकी महिलाको विभत्स हत्या, फ्रीजभित्र भेटियो शरिरको ३० टुक्रा

भारतको बेंगलुरुमा नेपाली मूलकी महिलाको विभत्स हत्या, फ्रीजभित्र भेटियो शरिरको ३० टुक्रा

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • भारतको बेंगलुरुमा नेपाली मूलकी महिलाको विभत्स हत्या, फ्रीजभित्र भेटियो शरिरको ३० टुक्रा

    बेंगलुरुमा दिल्लीको श्रद्धा वाल्कर हत्या प्रकरण जस्तै अर्को घटना पनि बाहिरिएको छ । केही बर्ष अघि मात्रै तीन वर्षसम्म ‘लिभ–इन’सम्बन्धमा बसेकी २७ वर्षीया  युवती श्रद्धा वाल्कर हत्या गरेर उनको शवलाई टुक्राटुक्रा पारी घरको फ्रिजमा राखेको र तिनलाई एकाएक गर्दै सहरको विभिन्न भागहरूमा फाल्दै आएको घटना बाहिरिएको थियो । 

    images
    images

    अहिले बेंगलुरुमा भएको हत्या पनि श्रद्धा वाल्कर जस्तै भएको भारतीय मिडियाहरूले जनाएको हो ।  
    बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एकजना नेपाली महिलाको हत्यापछि शव ३० टुक्रा पारेर अवस्थामा फ्रीजभित्र भेटिएको छ।

    हत्या गरिएकी २९ वर्षीय महालक्ष्मी दासको परिवार भने अन्तै बस्दै आएको थियो । शनिबार बेंगलुरुको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रीजमा महालक्ष्मीको शवका अनेक टुक्रा भेटिएका हुन् ।

    द इकोनोमिक टाइम्सका अनुसार उक्त फ्ल्याटबाट दुर्गन्ध फैलिन थालेपछि घरधनीले शनिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । शनिबार दिउँसो ती महिलाका घरधनीले परिवारलाई पनि झिकाएका थिए ।

    घरधनीको फोनपछि महालक्ष्मीकी आमा र बहिनी पुगे । उनीहरू पुग्दा महालक्ष्मीको फ्ल्याट अगाडिको ढोका बन्द थियो । ढोका फोडेर पस्दा १६५ लिटरको फ्रीजबाट दुर्गन्धसँगै किरा पनि निस्किएको भेटियो । जब उनीहरूले फ्रीज खोले, त्यहाँको दृश्य देखेपछि दुवैजना ढले ।

    फ्रीजको दुर्गन्धले बस्न नसेकपछि घरधनीसहित बाहिर निस्किएका थिए । उनीहरूले तत्कालै प्रहरीलाई झिकाए । त्यसपछि प्रहरीले महिलाका शवका टुक्रा उठाएर पोस्टमार्टमका लागि अस्पताल पठायो ।

    प्रहरीका अनुसार बेंगलुरुकै एकवटा सपिङ मलमा काम गर्दै आएकी थिइन् । त्यहाँस्थित व्यालिकभलको पाइपलाइन रोडस्थित भवनको पहिलो तलमा उनको कोठा थियो ।

    पाँच महिनादेखि बस्दै आएकी महालक्ष्मीसँग दाजु पनि बस्थे । महालक्ष्मी डिभोर्सी हुन् । उनका पति छोराछोरीसँग भारतमै बस्छन् ।

    प्रहरीका अनुसार उनको हत्या सेप्टेम्बर १२ मा भएको हो । पश्चिमाञ्चल डिभिजनका एसपी सतीश कुमारले सेप्टेम्बर १२ मा उनको हत्या भएको बताएका छन् ।

    महालक्ष्मीको मोबाइल सेप्टेम्बर १२ देखि बन्द थियो । महालक्ष्मीको परिचितबाटै हत्या भएको आशंका प्रहरीले गरेको छ । घरका कुनै सामन नहराएकाले चोरीको उद्धेश्यबाट भन्दा परिचितबाटै उनको हत्या भएको एसपी सतीशकुमारले बताएका छन् ।

    प्रत्यक्षदर्शी र छिमेकीले महालक्ष्मीलाई हरेक बिहान एकजना मानिसले लगेर बेलुका ल्याइदिने गरेको बताएका छन् । एकजना डेलिभरी ब्वाईले उनलाई प्रेम प्रस्ताव गरेको बताइए पनि पुष्टि भएको छैन । अर्को युवकसँग प्रेममा रहेकाले परिवारले पनि महालक्ष्मीलाई त्यागेको बताइएको छ ।

    श्रद्धा वाल्करको हत्या प्रकरण के हो ?, किन सो घटनालाई यस घटनासंग जोडियो ?  

    १८ मे २०२२ मा शवलाई ३५ टुक्रामा काटेर फ्रिजमा राखेर दिल्लीको छतरपुर इलाकामा बस्ने आफताबले आफ्नो लिभ इन पार्टनर श्रद्धा वाल्करको घाँटी थिचेर हत्या गरेका थिए । त्यसपछि श्रद्धाको शरीरलाई ३५ टुक्रामा काटेर ३०० लिटरको फ्रिजमा राखिएको थियो ।

    आफताबले यी टुक्राहरू बिस्तारै मिलाउथे। दिनहुँ एक–दुई टुक्रा जङ्गलमा फालिदिए । दिल्ली प्रहरीले उनलाई १२ नोभेम्बर २०२२ मा पक्राउ गरेको थियो। जनवरी २४ मा प्रहरीले आफताबविरुद्ध ६ हजार ६ सय २९ पृष्ठको आरोपपत्र दायर गरेको थियो ।

    अनुसन्धानका क्रममा दिल्ली प्रहरीले अफताबको नार्को र पोलिग्राफ टेस्ट गराएको थियो जसमा उनले श्रद्धाको हत्या गरेको स्वीकार गरेका थिए । प्रहरीले मुद्दामा १५० भन्दा बढी साक्षीको बयान लियो। प्रहरीले अफताबको आवाजको नमुना पनि रेकर्ड गरेको थियो, अहिले यो मुद्दा अदालतमा छ ।

    आफताबले १८ जेठअघि नै हत्या गर्ने मन बनाइसकेका थिए। हत्या भएको एक साताअघि अर्थात मे १८ गते अफताबले श्रद्धाको हत्या गर्ने मन बनाएको अफताबले प्रहरीसमक्ष स्वीकार गरेका थिए। त्यस दिन पनि श्रद्धा र आफताबबीच झगडा भएको थियो ।

    उनले भनेका थिए, ‘मैले उनलाई मे ११ मा नै मार्ने निर्णय गरेको थिएँ जब उनी एक्कासी भावुक भइन् र रुन थालिन् । त्यसैले मैले यसलाई अर्को दिन मार्ने निर्णय गरें।

    अफताबले न्युज एजेन्सीसँग कुरा गर्दै श्रद्धाको इन्स्टाग्राम अकाउन्ट अपडेट राखेको बताएका थिए । अफताबले सोधपुछका क्रममा आफूलाई वेब सिरिज र विशेषगरी क्राइम शो हेर्ने लत रहेको बताए । 

    यी देखेर उनले श्रद्धाको शरीरका अंग फ्रिजमा राख्ने तरिका सिके । यति मात्र होइन, यी शृङ्खला र शोमार्फत उनले श्रद्धालाई परिवार र साथीभाइको नजरमा कसरी जीवित देखाउने भनेर पनि सिकेका छन् । यसका लागि उनले श्रद्धाको इन्स्टाग्राम प्रोफाइल र अकाउन्टमा अपडेट गरिरहिन् । यसमा उनलाई कसैले सहयोग गरेनन् ।

    –विभिन्न भारतीय मिडियाहरूबाट

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार