images
images

संसारमा सबैभन्दा बढी एयरपोर्ट भएको देश कुन हो ? नेपालमा कति छन् ?

संसारमा सबैभन्दा बढी एयरपोर्ट भएको देश कुन हो ? नेपालमा कति छन् ?

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • संसारमा सबैभन्दा बढी एयरपोर्ट भएको देश कुन हो ? नेपालमा कति छन् ?

    अहिलेको दुनियाँमा कुनै पनि मुलुकका लागि विश्वसँग  जोडिने एउटा अनिवार्य माध्यम भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै हो । तर के तपाईलाई थाहा छ संसारमा सबैभन्दा बढी एयरपोर्ट भएको देश कुन हो ?  

    images
    images

    यसको उत्तर हो उत्तर अमेरिका ! एयरपोर्टको सन्दर्भमा, कोही पनि अमेरिकाको नजिक पनि छैन। सीआईए वर्ल्ड फ्याक्टबुकका अनुसार अमेरिकामा १५ हजार ८७३ एयरपोर्टहरू छन्। विमानस्थलको संख्याका आधारमा छिकेमी मुलुक भारत र चीन पनि शीर्ष १० मा परेका छैनन् ।

    अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै एयरपोर्ट छन्। ब्राजिलमा ४ हजार १ सय ९१एयरपोर्टहरू छन्। अष्ट्रेलिया यो सूचीमा तेस्रो स्थानमा छ जहाँ कुल २ हजार १८० विमानस्थल छन् । यस्तै, मेक्सिकोमा एयरपोर्टहरूको संख्या १ हजार ४८५ छ । 

    यस्तै, क्षेत्रफलको हिसाबले विश्वको दोस्रो ठूलो देश क्यानडामा क्यानडामा १ हजार ४२५ विमानस्थल छन्। बेलायतमा १ हजार ४३ विमानस्थल छन्।क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा ठूलो देश रूसमा भने ९०४ विमानस्थल छन्। त्यस्तै, युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा विमानस्थलको संख्या ८३८ छ।

    लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको अर्जेन्टिनामा विमानस्थलको संख्या ७५६ रहेको छ । युरोपेली देश फ्रान्समा ६८९ एयरपोर्ट छन्। यस्तै, दक्षिण अमेरिकी देश कोलम्बियामा ६६२, इटालीमा ६३६, दक्षिण अफ्रिकामा ५७५, पपुवा न्युगिनीमा ५ सय ३५, चीनमा ५ सय ३१, इन्डोनेसियामा ५ सय १३, भेनेजुएलामा ५०२, चीनमा ३ सय ७४, केन्यामा ३ सय ७० र केन्यामा ३६३ विमानस्थल रहेका छन् । त्यसैगरी, भारतमा ३११ एयरपोर्टहरू छन्।

    नेपालमा भने ५४ वटा एयरपोर्टहरू छन्। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखराको पोखरा अन्तर्राष्ट्रिय विमानस्थ नेपालको तीन अन्तर्राष्ट्रिय विमानस्थल हुन्। नेपालमा रहेको ५४ वटा विमानस्थलहरूमा हाल ३४ वटा अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरू मात्रै सञ्चालनमा छन्।

    Countries with the highest number of airports: 

    USA: 15,873
    Brazil: 4,919
    Australia: 2,180
    Mexico: 1,485
    Canada: 1,425
    UK: 1,043
    Russia: 904
    Germany: 838
    Argentina: 756
    France: 689
     Colombia: 662
    Italy: 636
    South Africa: 575
    Papua New Guinea: 535
    China: 531
    Indonesia: 513
    Venezuela: 502
    Chile: 374
    Kenya: 370
    Spain: 363
    India: 311
    Ecuador: 310
    Poland: 288
    Japan: 279

    According to CIA World Factbook

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार