images
images

भारतीय सरकारले बढायो पाम आयलको आयातमा लाग्ने भन्सार शुल्क, अब कति लाग्ला शुल्क ?

भारतीय सरकारले बढायो पाम आयलको आयातमा लाग्ने भन्सार शुल्क, अब कति लाग्ला शुल्क ?

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • भारतीय सरकारले बढायो पाम आयलको आयातमा लाग्ने भन्सार शुल्क, अब कति लाग्ला शुल्क ?

    भारत सरकारले कच्चा तेल, प्रशोधित सूर्यमुखी र भटमासको तेल आयातमा लाग्दै आएको भन्सार शुल्क बढाएको छ ।

    images
    images

    भारतीय सञ्चारमाध्यमहरूको अनुसार भारतले कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशत बिन्दुले बढाएको हो । 

    भारत सरकारले शुक्रबार जारी गरेको अधिसूचना अनुसार कच्चा र प्रशोधित सूर्यमुखी तेलमा भन्सार महशुल क्रमशः २० प्रतिशत र ३२.५ प्रतिशत पुर्‍याएको छ।

    भारतीय सञ्चारमाध्यमको अनुसार भारत सरकारको यो निर्णयलाई विश्वकै सबैभन्दा ठूलो खाद्य तेल आयात गर्ने स्थानीय तेलबीज किसानलाई सहयोग गर्ने प्रयासका रूपमा हेरिएको जनाएको छ । 

    अब कति लाग्ला आयात शुल्क ? 

    भारतीय अर्थ मन्त्रालयले जारी गरेको सूचना अनुसार कच्चा पाम, भटमास र सूर्यमुखी बिउको तेलमा लाग्ने आधारभूत भन्सार महसुल शून्यबाट बढाएर २० प्रतिशत पु¥याएको छ ।

    कर बढेपछि भारतले आयात गर्ने कच्चा खाने तेल आयातमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।यसअघि कच्चा पाम, सोयाबिन तथा सूर्यमुखी तेल आयात गर्दा साढे ५ प्रतिशत मात्रै कर लाग्दै आएको थियो ।

    त्यस्तै, प्रशोधित पाम, भटमास र सूर्यमुखी तेलमा लाग्ने आधारभूत भन्सार कर १२.५ प्रतिशतबाट बढाएर ३२.५ प्रतिशत पु¥याइएको छ ।

    यी कच्चा तेल र प्रशोधित तेलहरूमा प्रभावकारी भन्सार क्रमशः ५.५ प्रतिशतबाट २७.५ प्रतिशत र १३.७५ प्रतिशतबाट बढेर ३५.७५ प्रतिशत पुर्याइएको छ । शुल्कमा आएको परिवर्तन शनिबारदेखि लागू हुने सूचनामा उल्लेख छ ।

    किसानको तेल खपत बढ्ने भारतको अपेक्षा

    भारतले गत शुक्रबार यो निर्णय लिएको हो । विदेशी तेल आयातमा कर लाग्दा महँगो हुँदा स्थानीय किसानको तेल खपत बढ्ने र किसान लाभान्वित हुने भारतको अपेक्षा छ ।

    बढेको भन्सार शुल्क १४ सेप्टेम्बरबाटै कार्यान्वयनमा आएको एक भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले लेखेको छ ।

    यस्तै, यो सोया र तेलहन किसानहरूको लागि भने ठूलो राहत मिलेको बताइएको छ । यी तेलको कच्चापदार्थहरू उत्पादन गर्दै आएका महाराष्ट्र र मध्य प्रदेशका किसानहरूले ठूलो फाइदा लिनसक्ने छन् । यसबाहेक गुजरात, राजस्थान, कर्नाटक, आन्ध्र प्रदेश, उत्तर प्रदेश, तेलङ्गना र तमिलनाडु तेल उत्पादन गर्ने अन्य प्रमुख राज्यहरू हुन्।

    नेपाली निर्यातकर्तालाई भने लाभ मिल्ने

    भारतको यो निर्णयले नेपाली निर्यातकर्तालाई भने लाभ मिल्ने छ । भारतीय खपतको तुलनामा नेपालबाट भारततर्फ हुने निर्यातको हिस्सा कम छ । तर, भारतले आयातमा भन्सार दर बढाए पनि नेपाली उत्पादकले भने त्यो तिर्नुपर्दैन ।

    नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धि सहित उत्पादन भएको वस्तुले भारतीय बजारमा भन्सार रहित प्रवेश पाउने गरेका छन् । नेपालबाट भारतमा हुने अधिकांश निर्यात यसरी नै हुँदै आएको छ ।

    १७ अर्ब ८३ करोड सूर्यमुखी तेल आयात

    आर्थिक वर्ष २०८०/८१ मा १७ अर्ब ८३ करोड रुपैयाँ बराबर कच्चा सूर्यमुखी तेल आयात भएको थियो । यस आवमा १३ अर्ब ४१ करोड बराबर भटमासको कच्चा तेल आयात गरिएको थियो । १० अर्ब ५९ करोड बराबर कच्चा पाम तेल आयात भएको छ ।

    उक्त वर्ष पाम आयल ५ अर्ब ६२ करोड, सोयाबिन आयल ९० करोड तथा सनफ्लावर आयल १६ करोडको निर्यात भएको थियो ।

    प्याजमा लाग्दै आएको न्यूनतम निर्यात मूल्य प्रतिबन्ध हट्यो

    यस्तै भारतले प्याजमा तोकेको न्यूनतम निर्यात मूल्य (एमईपी) हटाउने र निर्यातमा लाग्दै आएको शुल्क पनि घटाउने निर्णय गरेको छ । 

    सरकारले प्याज निर्यातमा लाग्ने भन्सार दर ४० प्रतिशतबाट  घटाएर २० प्रतिशतमा झारेको छ । 'बैङ्ग्लोर गुलाब प्याजमा भने कुनैपनि निर्यात शुल्क नलाग्ने बताइएको छ । 

    सरकारले एमईपी प्रतिटन ५५० अमेरिकी डलर तोकेको थियो । जसको अर्थ किसानले आफ्नो उत्पादन यो दरभन्दा कम मूल्यमा विदेशमा बेच्न सक्दैनन् । 

    विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले शुक्रवार जारी गरेको सूचनामा एमईपी पनि तत्कालको लागि हटाइएको जनाएको छ ।

    वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले एमईपी हटाएर निर्यात शुल्क ४० प्रतिशतबाट २० प्रतिशतमा  झारेपछि प्याज ठूलो परिमाणमा निर्यात गर्न सकिने बताएका छन् ।

    'यो निर्णयले किसान र निर्यातकर्ताहरूको आय बढाउनेछ, यसले कृषि क्षेत्रमा व्यवसायलाई धेरै प्रोत्साहित गर्नेछ,' उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

    गत हप्ता उपभोक्ता मामिला सचिव निधि खरेले आगामी महिनाहरूमा प्याजको उपलब्धता र मूल्यको दृष्टिकोण सकारात्मक रहेको  बताएका थिए । 

    भारतमा यसवर्षको अगस्टसम्ममा २.९ लाख हेक्टरमा प्याज खेती विस्तार भएको थियो । जुन अघिल्लो वर्ष १.९४ लाख हेक्टर मात्रै थियो । भने करिब ३८ लाख टन प्याज अझै पनि किसान र व्यापारीसँग भण्डारणमा रहेको त्यहाँका एक अधिकारीले बताएका छन्  । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार