images
images

अमेरिकी केन्द्रीय बैंकले २०२० पछि पहिलो पटक किन घटायो ब्याजदर ?

अमेरिकी केन्द्रीय बैंकले २०२० पछि पहिलो पटक किन घटायो ब्याजदर ?

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • अमेरिकी केन्द्रीय बैंकले २०२० पछि पहिलो पटक किन घटायो ब्याजदर ?

    अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले २०२० पछि पहिलो पटक ब्याजदर घटाएको छ । अमेरिकी केन्द्रीय बैंकले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको हो । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको जनाएको छ । 

    images
    images

    बेरोजगार दर र मूल्यवृद्धि दुवैमा आशलाग्दो परिणाम देखिन थालेपछि फेडले ब्याजदर कटौतीको निर्णय गरेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ । ब्याजदर कटौतीले श्रम बजारको मन्दी थप घटाउने एफओएमसीको दाबी छ । यो कटौतीपछि मूल्यवृद्धिमा थप जोखिम नदेखिएमा २०२४ को अन्त्यतिर अर्को ०.५० प्रतिशत विन्दु ब्याजदर कटौती हुन सक्ने अनुमान गरिएको छ ।

    ‘मूल्यवृद्धिदर लक्षित २ प्रतिशतको सीमातिरै उन्मुख छ, बेरोजगारीको जोखिम पनि अब सन्तुलनतिर गइरहेको छ’ एफओएमसीको बैठकपछि जारी विज्ञप्तिलाई सीएनबीसीले उल्लेख गरेको छ । यो ब्याजदर कटौतीपछि अटो लोन, होम लोन, क्रेडिट कार्ड तथा बिजनेस लोन सस्तो पर्न जानेछ ।

    ‘बेरोजगारीको कुनै जटिल समस्याविना नै मूल्य स्थिरतातिर उन्मुख छौं, यसले देखाउँछ कि हामी मूल्यवृद्धि र बेरोजगार दुवै समस्यालाई सही रुपमा सम्बोधन गर्न सक्षम रहन्छौं’ कमिटीको निर्णयपछि फेडका अध्यक्ष जेरोम एच पावेलले पत्रकार सम्मेलनमा भने ।

    पहिलो पटक घटायो ब्याजदर

    कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो ब्याजदर कटौतीपछि अटो लोन, होम लोन, क्रेडिट कार्ड तथा बिजनेस लोन सस्तो पर्न जानेछ । विश्वव्यापी कोरोना महामारी शुरुवात भएको चार वर्षपछि फेडले पहिलो पटक ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ देखि ५.५० प्रतिशतको सीमामा थियो ।

    बेरोजगार दर ४.४ प्रतिशत पुग्यो 

    पछिल्लो एक वर्षमा अमेरिकी बेरोजगार दर ४ बाट बढेर ४.४ प्रतिशत पुगेको छ भने मूल्यवृद्धि २।६ बाट घटेर २.३ प्रतिशतमा झरेको छ । मूल्यवृद्धिलाई २ प्रतिशत सीमामा झार्ने लक्ष्य लिइएको छ । अमेरिकी ब्याजदर परिवर्तनले अमेरिकी उत्पादनको लागत तथा मूल्य, कच्चा तेल, सुन, मुद्रा विनियमदरजस्ता विषयलाई प्रत्येक्ष प्रभाव पर्ने भएकाले यसको असर नेपालसहित अरु मुलुकहरूमा पर्न जान्छ ।

    घट्दै शेयर बजार 

    सामान्यतया ब्याजदर घटाउँदा सेयर बजार बढ्छ तर यो घोषणापछि पनि अमेरिकी शेयर बजार ओरालो लागेको मिडियाहरूमा उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति चुनावलाई ध्यानमा राख्दै डेमोक्र्याटिक पार्टीले फेडरल रिजर्भलाई ब्याजदर घटाउन दबाब दिएको विदेशी मिडियाहरूले जनाएको छ । तर, केन्द्रीय बैंकले उक्त घोषणामा कुनै राजनीतिक हस्तक्षेप नभएको बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार