images
images

सन नेपाल लाइफको ७औँ बार्षिकोत्सव, दुईवटा आकर्षक बीमा योजना सार्वजनिक

सन नेपाल लाइफको ७औँ बार्षिकोत्सव, दुईवटा आकर्षक बीमा योजना सार्वजनिक

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • सन नेपाल लाइफको ७औँ बार्षिकोत्सव, दुईवटा आकर्षक बीमा योजना सार्वजनिक

    काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औं वार्षिकोत्सवको अवसर पारेर दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । 

    images
    images

    सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरिएको हो । 

    सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको दुई प्रतिशत सम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ ।

    यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख (पचास लाख) रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने आकर्षक विशेषता रहेको कम्पनीले जनाएको हो । 

    ‘सनलाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो । यसप्रकारको बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट शुभारम्भ गरेको कम्पनीले जनाएको हो । 

    अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजना अन्तर्गत आपतकालिन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिन सक्ने अपेक्षा गरिएको जनाएको छ । 

    वार्षिकोत्सवको अवसरमा कम्पनीले सन्देशमूलक भिडियो पनि लोकार्पण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तयार गरिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देशहरु रहेका छन् ।  

    आठौं वर्ष प्रवेशसँगै कम्पनीले सूचना सुरक्षा व्यवस्थापन (इन्फरमेसन सेक्युरिटी म्यानेजमेट) सँग सम्बन्धित आई.एस.ओ २७००१ संपरिक्षण भएको र आगामी दिनमा कम्पनीलाई स्तरीकरण  गर्न उक्त व्यवस्था लागु गर्ने प्रतिबद्धता जनाईएको छ । यसका लागि प्रमाणीकरण गर्ने निकायबाट अडिट सम्पन्न भएको छ । 

    सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वर्ष ७ प्रदेश ७ दिन ७ सत्कर्म नाराअन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ । 

    सात सत्कर्म अन्तर्गत प्रभातफेरि, वृक्षारोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण, मठ–मन्दिर सरसफाइ, रक्तदान, वित्तीय साक्षरतासम्बन्धी कार्याशाला तथा शैक्षिक सामग्री गरिएको छ । 

    सो अवसरमा देशभरका विभिन्न स्थानमा नेपाली संस्कृतिसँग जोडिएका बर, पिपल, रुद्राक्ष, रक्तचन्दन, अगरउड, श्रीखण्ड र स्वामी गरी ७ थरी वनस्पतिको वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । 

    यसै अवसरमा महिला तथा बालबालिकालाई लक्ष्य गरी शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको छ । 

    ‘समुदाय सँगसँगै कदम उठाउँदै’ नाराका साथ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विभिन्न विद्यालयका विद्यार्थीमाझ वित्तीय साक्षरतासम्बन्धी कार्यशाला सञ्चालन सम्पन्न गरिएको छ । 

    वार्षिकोत्सवको अवसरमा आइतबार बीमा सचेतना र वित्तीय सबलतामा बीमाको आवश्यकताबारेको सन्देशसहित काठमाडौं लगायत विभिन्न सहरमा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । 

    प्रभातफेरि समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत अर्यालले समग्र बीमा क्षेत्रको अवस्था, बीमाको आवश्यकता तथा महत्वबारे प्रकाश पार्नुभएको थियो । यस अवसरमा कम्पनीमा स्थापनाकाल देखी कार्यरत कर्मचारीहरुलाई कदरपत्र प्रदान गरिएको छ । 

    सुरुदेखि हालसम्म मार्गदर्शन, निर्देशन, समन्वय, सहयोग गर्ने नियामक निकाय, अभिकर्ता, आम सञ्चार, बीमित एवं कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा ग्राहकमैत्री सर्वसुलभ बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार