images
images

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबिच सहकार्य, डिस्पोजेबल कागजहरू सङ्कलन गरिने

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबिच सहकार्य, डिस्पोजेबल कागजहरू सङ्कलन गरिने

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबिच सहकार्य, डिस्पोजेबल कागजहरू सङ्कलन गरिने
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले बैंकबाट दैनिक रूपमा निस्कने डिस्पोजेबल कागजहरू उचित रूपमा विसर्जन गर्ने सम्बन्धमा राउण्ड टेबल नेपालसँग सम्झौता गरेको छ ।

    पुराना कागजहरू नष्ट गर्ने कार्यलाई निरूत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुनः प्रयोग तथा पुनः प्रशोधनमार्फत वातावरण संरक्षण गर्दै सामाजिक रूपमा पिछडिएका विद्यार्थीहरूको शैक्षिक विकास गर्ने मूल उद्देश्यका साथ बैंकले राउण्ड टेबलसँग सहकार्य गरेको हो । 

    सहकार्यअन्तर्गत राउण्ड टेबल नेपालले महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरू सङ्कलन गर्नेछ ।

    यसरी सङ्कलन गरिएका कागजहरू राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनको लागि दिइने र सोमार्फत प्राप्त रकम गरिब तथा असहाय विधार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गरिनेछ । 

    यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौं’भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास दुवै संस्थाले लिएका छन् । 

    ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन् । 

    साथै २०८० पुस २८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार