images
images

महासंघ र ट्रेड युनियनबीच श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना

महासंघ र ट्रेड युनियनबीच श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना

बुधवार, भदौ १९ २०८१
बुधवार, भदौ १९ २०८१
  • महासंघ र ट्रेड युनियनबीच श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् ।

    काठमाडौँको टेकुस्थित महासंघ सचिवालयमा सम्पन्न बैठकले यस्तो सहमति गरेको महासंघले जनाएको छ ।

    बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए ।

    ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताए ।

    बैठकमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले गत मंसिरमा भएको समझदारी पत्र समीक्षा गर्नुपर्ने बताए ।

    उनले आगामी दिनमा आउन सक्ने चुनौतीको दुई पक्षीय रूपमा न्यूनीकरणका उपाय पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानु पर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउँदै जानु जरुरी रहेको बताए ।

    जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडि बढने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए ।

    द्विपक्षीय समझदारी गरिएको विषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरूलाई दुई पक्ष रुपममा कार्यसमिति निर्माण गरी अगाडि बढन जरुरी रहेको कुरा बताए ।

    महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्योल गरिनु पर्ने विषयमा छलफल बैठक आयोजना हुन पर्ने कुरालाई जोड दिइन् ।

    दुईपक्षीय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्या सरकारमा जानु भन्दा अगाडि दुई पक्षका बीच छलफल हुनका साथै अन्तरास्ट्रिय अभिसन्धी पास गर्ने सम्बन्धमा द्धिपक्षीय छलफल जरुरी रहेको बिषयलाई जोड दिईएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार