images
images

यो दशैँमा राष्ट्र बैंकले नयाँ नोट नसाट्ने

यो दशैँमा राष्ट्र बैंकले नयाँ नोट नसाट्ने

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • यो दशैँमा राष्ट्र बैंकले नयाँ नोट नसाट्ने

    काठमाडौँ / यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् ।

    नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताएका हुन् । 

    हरेक दशैँ–तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट सहटी गर्दै आएको थियो । 

    नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो । 

    दशैँ–तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । 

    यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ । नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार