images
images

‘नाडा अटो शो’ले उद्योगलाई पुनर्जीवित गर्न र अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने विश्वास छ : संयोजक बराल

‘नाडा अटो शो’ले उद्योगलाई पुनर्जीवित गर्न र अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने विश्वास छ : संयोजक बराल

मंगलवार, भदौ ११ २०८१
मंगलवार, भदौ ११ २०८१
  • ‘नाडा अटो शो’ले उद्योगलाई पुनर्जीवित गर्न र अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने विश्वास छ : संयोजक बराल

    काठमाडौँ / ‘नाडा अटो शो, २०२४’ आजदेखि राजधानीमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भदौ १६ गतेसम्म चल्नेछ । 

    images
    images

    नाडा अटो शोका कार्यवाहक संयोजक अनुप कुमार बराल १६औँ संस्करणको अटो शो भव्य, सुव्यवस्थित र मर्यादित हुने बताउँछन् । 

    यसका लागि  प्रदर्शनीमार्गको आवश्यक सुुरक्षा, ट्राफिक व्यवस्थापन, सवारी पार्किङ सुविधामा समेत ध्यान दिइएको उनले जानकारी दिए । 

    यसपटकको अटो शोमा ७५ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने नाडाको अपेक्षा रहेको उनले बताए। 

    यसअघिका कमी कमजोरीलाई यस बर्षको नाडा अटो शो अझ व्यापार र विशेष बनाउन आफूहरू लागि परेको उनको दावी छ । 

    आर्थिक मन्दीले नेपालको अटोमोवाइल क्षेत्रलाई प्रभावित गरिरहेको छ । 

    वर्तमान अवस्थामा हुन लागेको नाडा अटो शो २०२४ले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनी बताउँछन् । 

    चुनौतीको वावजुद प्रदर्शनीले कम्पनीहरूको तर्फबाट उत्साहजनक सहभागिता रहेको संयोजक बरालले जानकारी दिए । 

    यसले उद्योगीहरूमा आशा रहेको र उनीहरू अर्थतन्त्रलाई सक्रिय बनाउन लचिलो भएको कुराको संकेत गर्ने उनको भनाइ छ । 

    यो वर्ष स्वदेशमै उत्पादन (एसेम्बल) भएका सवारी साधनका साथै नेपालमै उत्पादन भएका टायर, लुब्रिकेन्ट, हेलमेट, ब्याट्री लगायत अन्य अटो कम्पोनेन्टहरू समेत प्रदर्शन रहेको उनले बताए ।

    उनका अनुसार यस बर्ष सानाठुला गरी दुईपाङ्ग्रे, तीनपाङ्ग्रे (अटो), चारपाङ्ग्रे तथा कमर्सियल गाडीहरूका पुरानादेखि नयाँ ब्राण्ड र तिनका उत्पादन प्रदर्शनीमा राखिएको छ । 

    १९ वटा ब्राण्डका दुईपाङ्ग्रे र २४ वटा ब्राण्डका चारपाङ्ग्रे सवारी र  अन्य अटो कम्पोनेन्ट, टायर ट्युब, लुब्रिकेन्ट लगायतका गरी एक सयभन्दा बढी स्टल रहेको उनले जानकारी दिए । 

    सन् २०२२ मा कुल सवारी आयातको करिब २२ प्रतिशत हाराहारी रहेको ईभीको आयात अहिले बढेर ७१ प्रतिशतमाथि पुगिसकेको अवस्था छ ।

    यो पटकको अटो शोमा दुई पाङ्ग्रे सवारीमा पनि कुल हिस्साको ७० देखि ८० प्रतिशत इलेक्ट्रिक (विद्युतीय)को सहभागिता भएको उनी बताउँछन् । 


    अटोमोबाइल खरिद गर्नका लागि प्रदर्शनमानीमा वित्तीय विकल्पहरू र व्यावसायिक अवसरहरुको पनि लाभ उठाउन सकिनेछ । 

    अटो शोमा आगन्तुकहरूले सवारी साधन खरिद निर्णय लिनका लागि आवश्यक जानकारी प्राप्त गर्नुका साथै न्यू प्रोडक्सन, न्यू इनोभेसन नयाँनयाँ उत्पादनहरूसमेत देख्न पाइने उनले बताए ।

    उनले भने, “पछिल्लो समय आगन्तुक र प्रदर्शकहरूको बढ्‌दो संख्या अटोमोबाइलहरूको दैनिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्न थालेको सङ्केत गर्दछ, जुन पहिले विलासिता मात्र थियो।”

    प्रदर्शनीलाई चार पाङ्ग्रे, दुई पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ। 

    यसले सबै आगन्तुकहरूका लागि एक सुविधाजनक र प्रभावकारी अनुभव सुनिश्चित गर्ने उनले बताए । अटो शोको टिकट अनलाइन र भौतिक दुवै तरिकाले लिन सकिन्छ । 

    नाडाले यसपटक भृकुटीमण्डपको टिकट घरबाटै टिकट काट्ने व्यवस्था गरेको छ भने अनलाइनबाट टिकट काट्न चाहनुहुनेहरूका लागि खल्ती एपको सुविधा प्रदान गरिएको छ । 

    नाडाले प्रतिटिकट २०० रुपैयाँ र विद्यार्थीहरूका लागि १५० रुपैयाँ शुल्क तोकेको छ । 

    अनलाइनमार्फत टिकट काट्नेहरूका लागि थप २५ प्रतिशत क्यास ब्याकको सुविधा प्रदान गरेको संयोजक बरालले जानकारी दिए । 

    टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको उनले बताए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार