images
images

सुजुकी ‘पर्वोत्सव’ २०८१  योजना : नयाँ  स्विफ्टमा पनि ५ वर्षको लागि शून्य रनिङ्ग खर्च, केके छन् अरु सुविधा ?

सुजुकी ‘पर्वोत्सव’ २०८१  योजना : नयाँ  स्विफ्टमा पनि ५ वर्षको लागि शून्य रनिङ्ग खर्च, केके छन् अरु सुविधा ?

मंगलवार, भदौ ११ २०८१
मंगलवार, भदौ ११ २०८१
  • सुजुकी ‘पर्वोत्सव’ २०८१  योजना : नयाँ  स्विफ्टमा पनि ५ वर्षको लागि शून्य रनिङ्ग खर्च, केके छन् अरु सुविधा ?
    images
    images

    काठमाडौँ / नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । दशैँ तिहारलाई लक्षित गरी कम्पनीले आकर्षक योजना सार्वजनिक गरेको हो ।

    सो योजनाअन्तर्गत ग्राहकले चार लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० स हजारसम्मको लोयल्टी बोनस, एक  लाख रुपैयाँसम्मको  एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिजहरू पाउन  सक्नुहुनेछ ।  
    कम्पनीले नाडा अटो शो लक्षित गरी, शो कार्यक्रमभरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप  २  लाख रुपैयाँसम्मको छुट प्रदान गर्नेछ । यसमा केही शर्तहरू लाग्ने कम्पनीले जनाएको छ ।  

    नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौँ संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शून्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ ।

    सो अद्वितीय योजनामा नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ्ग खर्चको बोझ बिना ढुक्कको  ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।  

    अफरमा केके सुविधा पाइन्छ ?

    १ . शून्य रनिङ्ग खर्च : स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन, भने ५ वर्षको लागि मर्मतसम्भार र पी.एम.यस पार्ट्स र इन्जिन आयल मा पनि केहि खर्च गर्नु पर्ने छैन । कम्पनी को मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि केहि शुल्क नलाग्ने

    २ . फ्री अटो विमा र एक्सेसरिज : यो योजनामा थप १ वर्षको विमा र सिट कभरसहितको सुजुकी जेनुइन एक्सेसरिजहरू पनि निः शुल्क पाउने 

    ३ . थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस : विक्री पछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्ष पछि  २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क  वारेन्टी 

    ४ . उच्च रिसेल भ्यालु : स्विफ्टको बिगतदेखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्रि गर्दा फाइदा हुने 

    “विद्युतीय र पेट्रोल इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसमा, हामी यो ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदा उत्साहित छौँ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रा ग्राहकहरूले फाइदाजनक र  झन्झट–रहित तवरले शून्य रनिङ्ग खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्नेछ ।” 

    suzukinews.JPG

    यसमा केहि शर्तहरू लाग्ने कम्पनीले जानकारी दिएको छ । 

    यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरूमा पनि लागू हुनेछ । कम्पनीका अनुसार सुजुकीका विभिन्न मोडेलहरूका कारहरू बमोजिम फरक फरक हिसाबका छुटहरू लागू हुनेछन् । 

    नाडा अटो शोमा सुजुकीले चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो ।  

    नयाँ एपिक स्विफ्टसँगै नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरू जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र  नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार