images
images

जीहोको उत्कृष्ट AE4 इलेक्ट्रिक स्कुटर अब नेपालमा, केके छन् विशेषता ?

जीहोको उत्कृष्ट AE4 इलेक्ट्रिक स्कुटर अब नेपालमा, केके छन् विशेषता ?

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • जीहोको उत्कृष्ट AE4 इलेक्ट्रिक स्कुटर अब नेपालमा, केके छन् विशेषता ?
    images
    images

    काठमाडौँ  / जीहोले AE4 इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भूत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्यसहित कम्पनीले नयाँ स्कुटर सार्वजनिक गरेको हो । 
    ऋषि ट्रेड सेन्टरमार्फत उपलब्ध, AE4ले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने छ ।

    दक्षताको लागि डिजाइन 

    AE4 को ३.० किलोवाट मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै + ६५ किमी/घण्टाको गति पु-याउन सक्छ । यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सएल सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ ।

    सुरक्षा र नविनतम प्रविधिको मेल

    सुरक्षालाई प्राथमिकता दिँदै, AE4 मा रहेको AE4 र ABS ले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ । अतिरिक्त सुविधाहरू जस्तै Collision Warning System र Slope Hold ले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ । 

    स्कुटरको उन्नत NFC Key Less  इन्ट्री प्रणाली, र डिजिटल की, पासवर्ड, र मेकानिकलकी जस्ता बहुविधी अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्दछ । 

    न्यू जेनेरेसन ब्याट्री र कनेक्टिभिटी

    AE4 को 74 V 27 Ah ATL लिथियम ब्याट्रीले भरपर्दो रेञ्ज प्रदान गर्छ, जसमा ९० किमी वा १७० किमीको विकल्पहरू उपलब्ध छन् ।

    Zeeho.JPG

    यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ, जबकि टाइप सि र युएसबि चार्जिङ पोर्टहरूले तपाईंका उपकरणहरूलाई गन्तव्यसम्मै पुग्ने गरी चार्ज राख्न मद्दत गर्छ । अटो–कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ ।

    स्टाइलिश र स्मार्ट डिजाइन

    नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरूमा उपलब्ध AE4 ले सडकमा विशेष प्रभाव पार्छ । V–शेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिक रूप पनि दिन्छ ।

    जी हो राइड एपको साथ, राइडरहरूले यात्रा इतिहास, ऊर्जा पुनर्जनन, र विभिन्न सुरक्षा सुविधाहरू सहितका महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सक्छन्, जसले राइडरहरूलाई निरन्तर जडान र नियन्त्रणमा राख्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार