images
images

सुजुकीको नयाँ जेड-सिरिज इन्जिनसहितको ‘इपिक न्यू स्विफ्ट’ नाडा अटो शोमा सार्वजनिक हुने

सुजुकीको नयाँ जेड-सिरिज इन्जिनसहितको ‘इपिक न्यू स्विफ्ट’ नाडा अटो शोमा सार्वजनिक हुने

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • सुजुकीको नयाँ जेड-सिरिज इन्जिनसहितको ‘इपिक न्यू स्विफ्ट’ नाडा अटो शोमा सार्वजनिक हुने
    images
    images

    काठमाडौँ / नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सीजी मोटोकर्पले, नाडा अटो शो २०८१ मा ‘इपिक न्यू स्विफ्ट’ सार्वजनिक हुने भएको छ । 

    सीजी मोटोकर्पका अनुसार, गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिने भएको हो । कम्पनीले यो गाडिको मूल्य भने नाडा अटो शोमा नै उपलब्ध गराउने भएको छ । 

    २००५ सालमा लन्च भएदेखि नै स्विफ्ट, नेपाली अटोमोबाइल क्षेत्रमा स्टायल र स्पोर्टीनेसको पर्यायवाचीको रूपमा रहदै आएको छ । 

    स्विफ्टलाई नेपाली ग्राहकहरूले यसको स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस र ड्राइभर-मैत्री ह्यान्डलिङका कारण रूचाएको हो । 

    नयाँ एपिक स्विफ्टको  नयाँ जेड-सिरिज इन्जिन आधुनिक पावरट्रेन हो जसले पफर्मेन्स र सस्टेनबिलिटिको नयाँ आयाम ल्याउँछ, जसले यसलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्तम  ह्याचब्याक बनाउँछ । 

    2.JPG

    एपिक नयाँ स्विफ्टमा थुप्रै नया युगका  प्रविधि र फिचरहरू समाबेश गरेको छ, जसले ग्राहकको  ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुने कम्पनीले जनाएको छ ।

    नयाँ स्विफ्टको विशेषताहरू 

    १. आकर्षक एक्सटेरियर, 

    २. आरामदायी क्याविन, 

    ३. आधुनिक सेफ्टी सिस्टम, 

    ४. रमाइलो ड्राइभिङ अनुभव र 

    ५. उन्नत प्रविधि । 

    यसमा प्रयोग गरिएको नयाँ ‘वार्प–अराउन्ड क्यारेक्टर लाइन’ स्विफ्टलाई अझै स्पोर्टी र स्टाइलिश बनाउँछ । क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाईन’ सहितको नयाँ लेआउट छ जसले प्रिमियम फिल र आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्नेछ । 

    स्विफ्टको सिगनेचर सिल्हाउटलाई कायम राख्दै नयाँ स्विफ्टमा smoky एलईडी प्रोजेक्टर हेडलाइटहरू र बुमेरङ्ग   एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फग लाइट, सिगनेचर एलईडी रियर ल्याम्प्स र ३८.१० सेन्टिमिटर (१५ इन्च) टू-टोन एलोय व्हिल्सले स्विफ्ट को लुक्स अझै Futuristic बनाएको छ । 

    ड्राइभर ओरिन्टेड ड्यासबोर्ड ८–डिग्रीको झुकावले ड्राइभर  र कारको बीचमा मेल उत्पन्न गर्छ भने  २२.८६ सेमी (९ इन्च) स्मार्टप्ले प्रों इन्फोटेन्मेन्ट सिस्टम, पछाडिको सीट यात्रुहरूको लागि छिटो चार्ज गर्ने ए र सी प्रकारको युएसबि पोर्ट, पछाडिको एसी भेन्ट्स, क्रूज कन्ट्रोल, ६०ः४० पछाडिको सीटर किलेस इन्ट्रीले सबै यात्रुहरूको लागि सहजता र सुविधा सुनिश्चित गर्छ ।

    1.JPG

    ड्राइभर र यात्रुहरूको सुरक्षालाई बिशेष ध्यानमा राखी न्यू स्विफ्टमा विभिन्न एक्टिभ र प्यासिभ सेफ्टी फिचरहरू समावेश गरेको छ ।

    स्ट्यान्डर्ड सुरक्षा सुविधाहरू जुन सबै भेरियन्टमा ६ वटा एयरब्यागहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टमसँग इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन र ब्रेक असिस्ट, ३-प्वाइन्ट सीटबेल्टहरू सबै सिटहरूमा रिमाइन्डरसहित समावेश छन् जुन सबै भेरियन्टमा उपलब्ध हुनेछन् , यसले  विभिन्न अवस्थामा सम्पूर्ण सुरक्षा र स्ताबिलिटी प्रदान गर्नेछ । यसबाहेक, यो प्रीमियम ह्याचब्याकमा थप सहजताको लागि वाइड भ्यूसहितको रिभर्स क्यामेरा पनि समावेश गरिएको छ ।

    सुजुकीले  स्विफ्टमा पहिलो पटक आफ्नो नयाँ जेड-सिरिज इन्जिनको प्रयोग गरेको छ । यो अत्याधुनिक इन्जिन पावरफूल मात्र नभई यसले सेग्मेन्टमा सबैभन्दा धेरै  २५.७५ किमिलिसम्मको माइलेज प्रधान गर्नेछ जुन पुरानो स्विफ्ट भन्दा १४ प्रतिशतले ज्यादा हुन्छ ।  यसको low-end torque  र राम्रो एक्सिलरेसनले  नेपाली सहरी ड्राइभिङ कन्डिसनमा चलाउन सजिलो हुनेछ ।  

    3.JPG

    यसमा प्रयोग गरिएको नयाँ जेनेरेसनको वायरलेस एप्पल कारप्ले® र एन्ड्रोइड अटो™३ सहितको २२.८६ सेमी (९ इन्च) स्मार्टप्ले प्रों इन्फोटेन्मेन्ट सिस्टम, ARKAMYS सराउन्ड सेंस र वायरलेस चार्जरले  स्विफ्ट चलाउन र यात्रा गर्न आनन्दको अनुभूति दिनेछ ।  

    नयाँ फोर्थ जेनेरेसन स्विफ्टले आफ्नो स्टाइलिस लुक, आधुनिक फिचर, पावरफूल इन्जिन, उत्कृष्ट  माइलेज र सुरक्षा सुविधाहरूले ह्याचब्याकको परिभाषा बदल्ने विश्वास रहेको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार