images
images

बृज इनटरनेशनलको ब्राण्ड एम्बेसडरमा सन्दीप लामिछाने नियुक्त

बृज इनटरनेशनलको ब्राण्ड एम्बेसडरमा सन्दीप लामिछाने नियुक्त

मंगलवार, भदौ ४ २०८१
मंगलवार, भदौ ४ २०८१
  • बृज इनटरनेशनलको ब्राण्ड एम्बेसडरमा सन्दीप लामिछाने नियुक्त

     

    images
    images

    काठमाडौँ / बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बेसडरमा क्रिकेटर सन्दीप लामिछाने नियुक्त भएका छन् । 

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेलाई बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । 

    सोमबार एक समारोहबिच बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेले उक्त सम्झौतामा हस्ताक्षर गरे । सन्दीप २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बेसडर रहनेछन् । 

    बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाएको छैन।

    सम्झौतापछि बोल्दै लामिछानेले बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीसँग सम्झौताले आफुलाई धेरै हौसला प्रदान गर्ने र खेल जीवनमा पनि सहयोग पुग्ने बताए ।

    “‘बृज’सँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ”, लामिछानेले भने ।

    यस्तै, बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए । साथै उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए।

    “सन्दीपलाई ब्रान्ड एम्बेसडरको हुँदा कन्सलटेन्सीलाई ठूलो सहयोग पुग्ने छ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुगाउन्छ,” गिरीले भने । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार