images
images

सनराइज सेक्युरिटिजले सुरु गर्यो सेयर कारोबार, चुक्ता पूँजी २० करोड र स्टक ब्रोकर नम्बर १००

सनराइज सेक्युरिटिजले सुरु गर्यो सेयर कारोबार, चुक्ता पूँजी २० करोड र स्टक ब्रोकर नम्बर १००

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • सनराइज सेक्युरिटिजले सुरु गर्यो सेयर कारोबार, चुक्ता पूँजी २० करोड र स्टक ब्रोकर नम्बर १००
    images
    images

    काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा संस्थापित सन्राइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन सुरु गरेको छ ।

    बुधबार एक समारोहकाबिच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार औपचारिक रूपमा सञ्चालन गरेको हो । 

    उक्त कार्यक्रममा शुभकामना उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । 
    उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा सन्राइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस् भनी कामना गरे । 

    सोही कार्यक्रमका बिशेष अतिथि लक्ष्मी सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सन्राइज बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे । 

    साथै स्नराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू गुणस्तरिय रूपमा एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गर्न सकिने जानकारी दिए । 

    गैह्रिधारा–२, काठमाडौँमा केन्द्रिय कार्यालय रहेको सो कम्पनीको अधिकृत तथा चुक्ता पूँजी २० करोड रूपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार