images
images

एक वर्षमा ६ लाखले लिए व्यक्तिगत प्यान नम्बर, करदाताको संख्या कति पुग्यो ?

एक वर्षमा ६ लाखले लिए व्यक्तिगत प्यान नम्बर, करदाताको संख्या कति पुग्यो ?

बुधवार, साउन १६ २०८१
बुधवार, साउन १६ २०८१
  • एक वर्षमा ६ लाखले लिए व्यक्तिगत प्यान नम्बर, करदाताको संख्या कति पुग्यो ?

    काठमाडौँ / पछिल्लो समयमा व्यक्तिगत प्यान नम्बर लिनेको संख्या बण््दै गइरहेको छ । पछिल्लो समय पारिश्रमिक भुक्तानीसहितमा प्यान अनिवार्य गरिएसँगै प्यान नम्बर लिनेहरुको संख्या उल्लेख्य बढेको अर्थ मन्त्रालय जनाएको हो । 

    images
    images

    मन्त्रालयका अनुसार आव २०८०/८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान लिएका छन् । यससँगै कुल प्यान नम्बर लिने करदाताको संख्या ४२ लाख ६७ हजार ३९५ पुगेको छ । आर्थिक वर्ष २०७९/८० सम्ममा ३६ लाख ४९ हजार ६१४ जनाले प्यान नम्बर लिएका थिए । 

    मन्त्रालयका अनुसार व्यावसायिक स्थायी लेखा नम्बर लिनेको १९ लाख ९२ हजार ५४४ पुगेको छ । गत वर्षसम्म यो संख्या १८ लाख ७६ हजार ३०५ रहेको थियो । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको संख्या ८० हजार ४३० रहेको छ ।

    उता, मूल्य अभिवृद्धि कर (मूअक) तर्फ दर्ता हुने करदाताको संख्या ३ लाख ३४ हजार ९८३ पुगेको छ । एक वर्षमा २६ हजार ५०६ जना मूअकमा दर्ता भएका छन् ।

    अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या भने १ लाख २५ हजार ८१ पुगेको छ । यस आवमा ८ हजार ४०६ करदाता अन्तःशुल्कमा दर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार