images
images

भूमि व्यवस्थामन्त्री अधिकारीले वितरण गरे ५५३ जनालाई लालपुर्जा

भूमि व्यवस्थामन्त्री अधिकारीले वितरण गरे ५५३ जनालाई लालपुर्जा

मंगलवार, साउन १५ २०८१
मंगलवार, साउन १५ २०८१
  • भूमि व्यवस्थामन्त्री अधिकारीले वितरण गरे ५५३ जनालाई लालपुर्जा

    काठमाडौँ / भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा वितरण गरेका छन् । 

    images
    images
    images
    images

    मन्त्री अधिकारीले सोमवार रुपन्देही जिल्लाको सियारी गाँउपालिकाको ४ वडामा रहेका १९ वटा गाँउब्लकहरुको नापी नक्सा पुरा भएका ५५३ वटा लालपुर्जा वितरण गरेका हुन् । 

    लालपुर्जा पाएपछि जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरूरु अत्यन्त खुशी भएका थिए । बषौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्ती पाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए । 

    लालपुर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमि आयोग गठनको अन्तिम तयारीमा रहेको बताउदैं भूमिहिनको समस्या स्थायीरूपमा समाधान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

    सरकारले पाँच लाख भूमिहिन सुकुम्वासीलाई लालपुर्जा बितरण गर्ने तयारी गरेको उनले जानकारी दिनु भयो । गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले मन्त्री अधिकारीका कारण लालपुर्जा वितरणमा सम्भव भएको बताए । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार