काठमाडौँ / मनकामना दर्शन प्रा.लि.ले असार ३१ गतेदेखि सेवा बन्द गरी केबुलकार स्तरोन्नति गरिरहेको छ । कम्पनीले २६ वर्ष अगाडि जडित प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको भन्दै कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गरी केबुलकार सेवा स्तरोन्नति गर्न लागेको हो ।
निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवुलकारको स्तरोन्नतिको काम भइरहेको कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले बताएएका थिए ।
करिब ५० करोड रुपैयाँ खर्चेर कम्पनीले मनकामना केबुलकारलाई एनालोगमा आधारित प्रविधिमा स्तरोन्नति गर्न लागेको हो । यसमा जडित प्रमुख मोडर डि.सी. करेन्टबाट चल्नेछ ।
निर्देशक श्रेष्ठका अनुसार हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनता प्रविधि हो र यसलाई डोपलमायरको डि-कनेक्ट सिस्टम भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नेछ भने प्रमुख मोटर अब एसी करेन्टबाट चल्नेछ ।
पुरानो मोटर, कन्ट्रोल सिस्टम, प्यानेलहरू सबै यसैगरी प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेसिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै, हाल दुई स्टेसनबिच जडिन कम्युनिकेशन केवलसमेत डिजिटल प्रविधि अनुरुप हुने भएकोले सो पनि फेरिन र जसको लम्बाई करिब ३२ सय मिटरको हुनेछ।
यसैगरी, मूख्य केबुल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करिब ६५ सय मिटरको हुनेछ । कम्पनीले दुई बर्षअघि नै ग्रीपहरू फेरिसकेको छ । डोपलमायर प्राविधिकहरू नै आएर स्तरोन्नतिको काम गरिरहेको कम्पनीले जनाएको छ ।