images
images

हुन्डाई आयोनिक ५ ईभी अब सय किलोवाटमा पनि उपलब्ध हुने, मूल्य कति ?

हुन्डाई आयोनिक ५ ईभी अब सय किलोवाटमा पनि उपलब्ध हुने, मूल्य कति ?

बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • हुन्डाई आयोनिक ५ ईभी अब सय किलोवाटमा पनि उपलब्ध हुने, मूल्य कति ?
    images
    images

    नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ ।

    १०० किलोवाट क्षमताको आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ । सन् २०२२ फेब्रुअरीमा आयोनिक ५ नेपाल आएको थियो । 

    आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

    आयोनिक ५ ले २०२२ को विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर, र विश्व कार डिजाइन अफ दि इयर जस्ता सम्मानित पुरस्कारहरू प्राप्त गरेको छ।

    अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक ५ सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिन्छ । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध छ, जसमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लाम सेल हुड र पिक्सेल टेललाइटले धेरैको आँखा लोभ्याउछ । 

    आयोनिक ५ ईभीको मोटर पावर फरक भए पनि सो ईभीले दिने रेन्ज र अन्य स्पेक भने १२५ किलोवाट को जस्तै  हुनेछ। 

    करिव एक महिना भित्रै सो नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने १०० किलोवाटको आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले आजबाटै शोरुममा बुक गर्न सक्नेछन् ।

    प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनिक–५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रिकल आर्किटेक्चरमा तयार गरेको हो ।  

    आयोनिक ५ नेपालमा उपलब्ध 

    अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी हो । यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ।

    नेपाली बजारमा प्रिमियम ईभी चड्न चाहनेहरूको लागि आयोनिक ५ एक उत्कृष्ट रोजाइ हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार