images
images

७५ अङ्कले बढेको बजारमा १४ अर्ब ११ करोड माथिको कारोबार, कसले कति कमाए ?

७५ अङ्कले बढेको बजारमा १४ अर्ब ११ करोड माथिको कारोबार, कसले कति कमाए ?

मंगलवार, साउन ८ २०८१
मंगलवार, साउन ८ २०८१
  • ७५ अङ्कले बढेको बजारमा १४ अर्ब ११ करोड माथिको कारोबार, कसले कति कमाए ?

    काठमाडौँ / आज शेयर बजारमा भारी अङ्कले बृद्धि भएर २ हजार ५ सयको विन्दु क्रस गरेको छ । 

    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झन्डै २९ महिनापछि २५ सय अङ्कको बिन्दुमाथि पुगेको छ । विगत लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा रहेको नेप्से परिसूचकले आज २५ सय अङ्कको बिन्दु पार गरेको हो ।

    यसअघि २०७८ चैत अन्तिममा २५ सय अङ्कको बिन्दुमाथि थियो । त्यसपछि निरन्तर घट्दै परिसूचक १८१९ अङ्कसम्म झरेको थियो । 

    तर लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा बसेपछि आज परिसूचक ७५.३३ अङ्कले बढेर २ हजार ५ सय ६३ को विन्दुमा कायम भएको छ । 

    दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता साझेदारीसँगै नेप्से परिसूचक उकालो लाग्न थालेको थियो । 

    सरकार बनाउने सम्झौता भएको दिन असार १७ गतेसम्म परिसूचक २०३७ अङ्कमा थियो । असार १७ गते राती सम्झौता हुनुभन्दा अगावै बजारमा दुई राजनीतिक दलले सरकार गठन गर्ने हल्ला चलेपछि बजार बढ्न थालको थियो ।

    त्यसयता नेप्से परिसूचक झन्डै ५०० अङ्कले बढिसकेको छ । यस क्रममा नेप्सेमा कारोबार रकम समेत बढ्न थालेको छ । यसअघि दैनिक औसतमा ३ अर्ब रुपैयाँ हाराहारीको कारोबार हुने नेप्सेमा यति बेला १० अर्बमाथिको कारोबार हुन थालिरहेको छ ।

    आज २२० कम्पनीको शेयर मूल्य बढेको छ भने २० कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    शिवम सिमेन्टको सबैभन्दा धेरै शेयर कारोबार

    आज सबैभन्दा धेरै शिवम सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    अपि पावरको २४ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    4.JPG

    यी कम्पनीको लगानीकर्ताले कमाए सार्वधीक 

    आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज बोटलर्स नेपाल बालाजू, समृद्धि फाइनान्स, माण्डु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरहाउजिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्मिट लागेको छ ।

    2.JPG

    यी कम्पनीको लगानीकर्ताले गुमाए सार्वधीक 

    आज सबैभन्दा धेरै गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ८३ प्रतिशतका दरले गुमाएका हुन् ।

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार