images
images

बढ्यो विद्युतीय गाडी आयात : एक बर्षमा भित्रियो ११ हजार ७ सय वटा सवारी

बढ्यो विद्युतीय गाडी आयात : एक बर्षमा भित्रियो ११ हजार ७ सय वटा सवारी

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • बढ्यो विद्युतीय गाडी आयात : एक बर्षमा भित्रियो ११ हजार ७ सय वटा सवारी

    काठमाडौँ / पछिल्लो समय नेपाली बजारमा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्कअनुसार गएको एक वर्ष अर्थात आर्थिक बर्ष २०८०/८१ मा ११ हजार ७ सय १ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।

    images
    images

    यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै तीन गुणाले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कुल चार हजार ५० विद्युतीय गाडी आयात गरिएको थियो ।

    यता राजस्व पनि जम्मा ४ खर्ब २० अर्ब १६ लाख रुपैयाँ मात्र उठ्न सकेको छ । व्यापार घाटा र राजस्वमा सङ्कुचन आउनुमा एउटा विद्युतीय गाडी पनि हो । 

    भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा २९ अर्ब ४७ करोड ४३ हजार रुपैयाँ बराबरका ११ हजार ७ सय वटा चार पाङ्ग्रे कार, भ्यान, जिप आयात भएका छन् । जसबाट जम्मा १३ अर्ब ६० करोड ७३ लाख रुपैयाँ बराबरको मात्र राजस्व उठ्न सकेको छ ।

    कुन क्षमताको विद्युतीय गाडी कति आयात भए ? 

    विभागको तथ्याङ्क अनुसार समीक्षा वर्षमा ५० किलोवाट सम्म मोटर पिक पावर क्षमताका ४ हजार ५७१ वटा विद्युतीय गाडी आयात भएका छन् भने ५१ देखि १०० किलोवाट क्षमताका ६ हजार ८८५ वटा विद्युतीय गाडी आयात भएका छन् । 

    यस्तै, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका २१७ वटा र २०१ देखि ३०० किलोवाटसम्मका २७ वटा विद्युतीय गाडी आयात भएका छन् । 

    विभागका अनुसार, उक्त अवधिमा चीनबाट मात्र आठ हजार ६५ विद्युतीय गाडी भित्र्याइएको छ । दोस्रोमा भारतबाट तीन हजार ३७७ विद्युतीय गाडी आयात गरिएको छ ।

    बाँकी कोरिया, जर्मनी, अमेरिका लगायतका देशहरूबाट समेत केही विद्युतीय गाडी आयात भएका छन् । 

    भन्सार विभागले सोमबार प्रकाशित गरेको तथ्याङ्कअनुसार १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात हुँदै गर्दा जम्मा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात हुन सकेको छ । समीक्षा अवधिमा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १४ खर्ब ४० अर्ब घाटा लाग्न पुग्न पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार