images
images

मास्टरसेफ साहद्वारा तयारी र सिफारिस गरिएको टुपिएम भेज मसला करी र चिकन मसला करी नूडल्सको शुभारम्भ

मास्टरसेफ साहद्वारा तयारी र सिफारिस गरिएको टुपिएम भेज मसला करी र चिकन मसला करी नूडल्सको शुभारम्भ

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • मास्टरसेफ साहद्वारा तयारी र सिफारिस गरिएको टुपिएम भेज मसला करी र चिकन मसला करी नूडल्सको शुभारम्भ
    images
    images

    काठमाडौँ / नेपालको स्याक्स र नूडल्स क्षेत्रमा अग्रणी नाम टुपिएम कम्पनीले, मास्टरशेफ सन्तोष शाहसँगको सहकार्यमा दुई नयाँ इन्स्ट्यान्ट नूडल्सको स्वादहरू भेज मसला करी र चिकन मसला करीको शुभारम्भ गरेको छ।

    ‘सही छ’ भन्ने नारासहित, यसले नूडल्सको स्वाद, गुणस्तर र प्याकेजिङ्‌ङ्गजस्ता सबै पक्षहरूमा उत्कृष्ट भएको सुनिश्चित गरेको छ। २०५६ मा स्थापित एसियन थाई फुड्स प्रा.लि.ले २०५७ मा पहिलो नूडल्सको शुभारम्भ गरेको थियो। 

    विगतका २५ वर्षमा यसले रमपम, प्रिती र टुपिएम जस्ता अग्रणी ब्राण्डहरु सफलतापूर्वक उपलब्ध गरिरहेको छ। यसले टुपिएम र रमपम ब्राण्ड अन्तर्गत विभिन्न स्न्याक्सहरूको शुभारम्भ गरेर स्न्याक्स श्रेणीमा पनि अग्रणी भूमिका खेलिरहेको छ।

    एटिएफ, नेपालमा प्रिमियम श्रेणीका नूडल्स उत्पादन गर्ने पहिलो कम्पनी हो, जसले स्थानीय रूपमा उब्जाइएको अकबरे खुर्सानी प्रयोग गरेर टुपिएम अकबरे नूडल्स उत्पादन गर्दै आएको छ। यस उत्पादनको सफलता संगै अहिले आपूर्ति धेरै मात्रामा पुगेकाले धेरै स्थानीय किसानहरूलाई अकबरे उब्जाउन प्रोत्साहित पनि गरेको छ, जसले स्थानीय समुदायहरुमा निकै फाइदा पुगेको छ। 

    अकबरे चिकन नूडल्स सुपथ मूल्य रु। ५० मा उपलब्ध हुनुका साथै, यससँगै अकबरे भेज, कोरियन रामेन, किमची भेज, किमची चिकन, नापोलिटाना, सि फुड, चिज मशरुम जस्ता उत्पादनहरूको श्रृंखला सफलतापूर्वक कायम रहेको छ।

    हाम्रो स्न्याक्स श्रृंखलामा भने प्रिमियम चिज बल्स, अकबरे स्टिक्स, फायर बल्स, स्रिम्प क्रैकर, अनियन रिंग, पञ्जाबी तड्‌का, फायर क्रैकर, लेमन मिन्ट स्टिक्स, मसला स्टिक्स, पास्ता जस्ता उत्कृष्ट उत्पादनहरु रहेका छन्।

    “हामी मास्टरशेफ सन्तोष शाह द्वारा तयारी र सिफारिस गरिएका नयाँ टुपिएम चिकन मसला र भेज मसला करी नूडल्स, प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौँ,” एटिएफका प्रबन्ध निर्देशक महेश जाजुले भने ।

    मास्टरशेफले आफ्नो वर्षोंको अनुभवलाई प्रयोग गरेर यो प्रामाणिक र स्वादिष्ट टुपिएम नूडल्स सिर्जना गरेको उनले बताए । निर्देशक जाजुले भने, “उहाँलाई विश्वास छ कि यो नेपाली प्रशंसकहरूले अवस्य मन पराउनेछन्। ६० ग्रामको रु. २० मा उपलब्ध रहेको पस नूडल्स उपभोक्ताहरूलाई ‘आहा क्या मिठो’ भन्न बाध्य पार्नेछ।” 

    एटिएफले विगतका केही वर्षमा अन्तर्राष्ट्रिय बजारमा तीव्र विस्तार गरिरहेको छ। “भारत, मध्य पूर्व, टर्की, अफ्रिका जस्ता मुलुकमा आयोजित विश्वका विभिन्न प्रदर्शनीहरूमा सहभागी भएर हामीले हाम्रा उत्पादनहरुलाई विश्वव्यापी उपभोक्ताहरूसम्म पुर्याएका छौं। २७ भन्दा बढी देशहरूमा निर्यात गर्दै हामी नेपालबाट नूडल्स र स्न्याक्सकासबैभन्दा ठूला निर्यातकर्ताहरूमा पर्दछौं,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामीलाई गर्व छ कि हामी द्दएः बिष् अष्ट्रेलिया, बहराइन, वेल्जियम, भूटान, क्यानडा, चीन, डेनमार्क, फिनल्याण्ड, जर्मनी, हङकङ, भारत, इजरायल, इटली, जापान, कोरिया, कुवेत, मलेशिया, माल्टा, न्यूजील्याण्ड, ओमान, प्यालेस्टाइन, कतार, साउदी अरब, पूएई, यूकें, यूएसए, येमेन जस्ता देशहरूमा उपलब्ध गराउन सफल रहेका छौं। नेपालका उत्पादनहरूलाई यति धेरै देशहरूमा चिनाउन र विदेशी मुद्रा ल्याएर नेपालको व्यापार घाटालाई कम गर्ने योगदान दिन पाउँदा हामीलाई सन्तुष्टि र राष्ट्रिय गर्वको अनुभव हुन्छ।” 

    चाँडै नै आउँदो भविस्यमा ‘क्यानमा स्न्याक्स’ र ‘कप नूडल्स’ जस्ता अझै प्रिमियम उत्पादनहरू ग्राहकसम्म ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।

    कम्पनीको विज्ञप्तिमा भनिएको छ, “हामी उपभोक्ताहरुलाई सेवा गर्दै २५ औं वर्षमा प्रवेश गर्दै गर्दा, हामीलाई पूर्ण विश्वास छ कि हामीले उपभोक्ताहरुवाट माया, प्रेह र समर्थन प्राप्त गरिरहनेछौँ र हामी वाचा गर्छौं कि हाम्रा उत्पादनहरु उपभोक्ताहरूको अपेक्षामा ‘सही रहनेछ किनकि टुपिएम नूडल्स सही छ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार