images
images

अम्बे स्टील्स र जय अम्बे स्टील्स बन्यो नेपालमै पहिलो पटक आइएसओ प्रमाणपत्र प्राप्त गर्ने स्टील्स कम्पनी

अम्बे स्टील्स र जय अम्बे स्टील्स बन्यो नेपालमै पहिलो पटक आइएसओ प्रमाणपत्र प्राप्त गर्ने स्टील्स कम्पनी

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • अम्बे स्टील्स र जय अम्बे स्टील्स बन्यो नेपालमै पहिलो पटक आइएसओ प्रमाणपत्र प्राप्त गर्ने स्टील्स कम्पनी
    images
    images

    काठमाडौँ / नेपालका स्टील उत्पादन क्षेत्रमा अग्रणी अम्बे स्टील्स र जय अम्बे स्टील्स आइएसओ प्रमाणपत्र प्राप्त गर्ने पहिलो स्टील्स कम्पनी बनेको छ । कम्पनीले आइएसओ २२३०१ः२०१९ प्रमाणपत्र प्राप्त गरेर इतिहास रच्दै, यो मान्यता प्राप्त गर्ने नेपालका पहिलो स्टील्स कम्पनी बनेको हो । 

    यस उपलब्धिले व्यापार निरन्तरता व्यवस्थापन र सञ्चालन उत्कृष्टतामा उनीहरूको प्रतिबद्धतालाई झल्काउने कम्पनीले जनाएको छ । आइएसओ २२३०१ व्यापार निरन्तरता व्यवस्थापन प्रणाली (बिसिएमएस) को अन्तर्राष्ट्रिय मानक हो, जसले संस्थाहरूलाई कुनै पनि अवरोधको समयमा प्रभावकारी रूपमा प्रतिक्रिया दिन र सञ्चालनलाई निरन्तरता दिन सक्षम बनाउँछ। 

    यो प्रमाणपत्र प्राप्त गरेसँगै अम्बे स्टील्स र जय अम्बे स्टील्सले आफ्ना ग्राहक र सरोकारवालाहरूलाई स्थायित्व, विश्वसनीयता र उच्च मापदण्ड सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    “यो प्रमाणपत्रले हाम्रो व्यवसायिक स्थायित्व र ग्राहकप्रतिको निरन्तर सेवाको सुनिश्चितताप्रतिको प्रतिबद्धतालाई झल्काउँछ,” अम्बे स्टील्स र जय अम्बे स्टील्सका निर्देशक शिवाज न्यौपानेले भने, “आइएसओ २२३०१ प्रमाणपत्र प्राप्त गर्दै, अम्बे स्टील्स र जय अम्बे स्टील्सले नेपालमा नयाँ मापदण्ड स्थापना गरेका छन् ।” 

    सो उपलब्धिले दुवै कम्पनीहरूको नवीनता, अन्तर्राष्ट्रिय मापदण्ड र निरन्तर सुधारप्रतिको प्रतिबद्धतालाई उजागर गर्ने उनले बताए । साथै, उनले अम्बे स्टील्स र जय अम्बे स्टील्सले यो ऐतिहासिक सफलता हासिल गर्न योगदान गर्ने सम्पूर्ण कर्मचारी, साझेदार र सरोकारवालाहरूलाई  धन्यवाद ज्ञापन गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार