काठमाडौँ / मङ्गलबार पनि सुनको भाउमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ २ हजार ६ सय रुपैयाँले घटेको हो ।
सोमबार छापावाल सुनको भाउ १५१ हजार ३ सय रुपैयाँ रहेको थियो । उक्त मूल्य पनि पुनः घटेर आज १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।
सरकारले भन्सार घटाएर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको भाउ करिब १६ हजार रुपैयाँले घटेको थियो । यता, चाँदीको भाउसमेत घटेको छ । सोमबार १ सय १५ रुपैयाँले घटेर कारोबार भएको चाँदीको भाउ आज पुनः घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँ तोकिएको छ ।