images
images

भोटेकोशीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ आजदेखि सुरु, राफ्टिङ्ग र कायकिङ्गका अनुभवीहरू सहभागी हुने

भोटेकोशीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ आजदेखि सुरु, राफ्टिङ्ग र कायकिङ्गका अनुभवीहरू सहभागी हुने

सोमवार, असार १० २०८१
सोमवार, असार १० २०८१
  • भोटेकोशीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ आजदेखि सुरु, राफ्टिङ्ग र कायकिङ्गका अनुभवीहरू सहभागी हुने

    काठमाडौँ / भोटेकोशी नदीमा  ‘२२ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ आजदेखि सुरु हुने भएको छ । 

    images
    images

    नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज (नारा)ले नेपाल पर्यटन बोर्ड र संस्कृतिक पर्यटन तथा सहकारी मन्त्रालको सहकार्यमा असार १० र ११ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा राष्ट्रिय स्तरको ‘२२ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ कार्यक्रम हुने भएको हो । 

    नाराका अध्यक्ष शिव अधिकारीका अनुसार नेपालको जलयात्रा व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको प्रतिष्पर्धात्मक जलयात्रा आयोजना गर्न लागिएको हो ।

    उक्त प्रतियोगितामा राफ्टिङ्ग र कायकिङ्ग गरी दुई वटा खेलका अनुभवीहरू सहभागी हुन पाउने उनले बताए । 

    नेपालका १ सय जना र विदेशी २० जना गरी राफ्टिङ्ग र कायकिङ्ग खेलाडीले सो प्रतिस्पर्धामा सहभागी हुनसक्ने आयोजकको आँकलन छ ।  

    प्रतियोगितामा राफ्टिङ्गतर्फ विजयी हुने प्रथम खेलाडीले ५० हजार रुपैयाँ, दोस्रोले ४० हजार रुपैयाँ र तेस्रो खेलाडीलाई ३० हजार रुपैयाँ मेडल र प्रमाण पत्र प्रदान गरिने उनले जानकारी दिए। 

    त्यस्तै, कायकिङ्ग खेलतर्फ प्रथम खेलाडीले २० हजार , दोस्रोले १५ हजार र तेस्रो खेलाडीले १५ हजार साथै मेडल र प्रमाणपत्र पाउने छन् ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार