images
images

नेप्सेमा सामान्य अङ्कले बढेपनि कारोबार रकम भने घट्यो, सार्वधिक कारोबार गर्ने कम्पनी कुन ?

नेप्सेमा सामान्य अङ्कले बढेपनि कारोबार रकम भने घट्यो, सार्वधिक कारोबार गर्ने कम्पनी कुन ?

बुधवार, असार ५ २०८१
बुधवार, असार ५ २०८१
  • नेप्सेमा सामान्य अङ्कले बढेपनि कारोबार रकम भने घट्यो, सार्वधिक कारोबार गर्ने कम्पनी कुन ?

    काठमाडौँ / आज बुधबार नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ। आज नेप्से २.२७ अङ्कले बढेर २ हजार ७८.७६ विन्दुमा बन्द भएको हो । 

    images
    images

    यस दिन नेप्सेमा सामान्य अङ्कले बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामाअ र्थात मंगलबारको तुलनामा भने घटेको छ।

    मंगलबार चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार ८८४ रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६५ करोड रूपैयाँ कमी आएको हो।

    यस दिन ३०८ वटा धितोपत्रको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको हो। बुधबार १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये छ समूहको परिसूचक घटेको छ भने बाँकी सात समूहको परिसूचक बढेको हो।

    यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.६२ प्रतिशतले बढेको भने व्यापार समूहको परिसूचक सर्वाधिक १.३२ प्रतिशतले घटेको छ। 

    नेपाल फाइनान्सको सेयर मूल्य सर्वाधिक बढ्यो, 

    यसदिन नेपाल फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७२४ रूपैयाँ २० पैसा कायम भएको छ। 

    यस्तै, समाज लघुवित्तको सेयर मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ६४७ रूपैयाँ कायम भएको छ।

    1.JPG

    मनकामना स्मार्ट लघुवित्तको मूल्य सर्वाधिक घट्यो, 

    मनकामना स्मार्ट लघुवित्तको मूल्य सर्वाधिक ९.८८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४६० रूपैयाँ कायम भएको छ।

    यस्तै, कुमारी सबल योजनाको मूल्य ३.०६ प्रतिशतले घटेर प्रति इकाइ ७ रूपैयाँ ९१ पैसामा झरेको छ।

    2.JPG

    नेपाल फाइनान्सको कारोबार सार्वधिक

    बुधबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ७२४ रूपैयाँ २० पैसामा २० करोड २३ लाखको सेयर कारोबार भएको छ।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७५० रूपैयाँमा ९ करोड ६६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

    यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

    – नेपाल फाइनान्सः २० करोड २३ लाख रुपैयाँ
    – गोर्खाज फाइनान्सः ९ करोड ६६ लाख रुपैयाँ
    – ग्लोबल आइएमई लघुवित्तः ८ करोड ९९ लाख रुपैयाँ
    – सीईडीबी हाइड्रोपावरः ७ करोड ७४ लाख रुपैयाँ
    – हिमालयन लघुवित्तः ७ करोड ४८ लाख रुपैयाँ
    – एनआरएन इन्फ्रास्ट्रक्चरः ६ करोड ८६ लाख रुपैयाँ
    – जानकी फाइनान्सः ६ करोड ८२ लाख रुपैयाँ
    – पोखरा फाइनान्सः ६ करोड ४३ लाख रुपैयाँ
    – मल्टीपर्पस फाइनान्सः ६ करोड ७ लाख रुपैयाँ
    माउन्टेन इनर्जीः ५ करोड ८१ लाख रुपैयाँ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार