आज विक्रम संवत २०८१ साल माघ १० गते, बिहीबार । ईश्वी सन् २०२५ जनवरी २३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष नवमी तिथि, १५ः३४ बजेपछि दशमी। विशाखा नक्षत्र। चन्द्रराशि तुला। राशिअनुसार तपाईँलाई आज कस्तो फल मिल्नेछ ? हेर्नुस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायमा लाभ रहनेछ। प्रशासनिक सहयोगले विशिष्ट काम बन्नेछ । प्रतीक्षा गरिएको काम बन्दा मनग्य धन लाभ हुनेछ। विभिन्न भौतिक साधन प्राप्तिको योग छ। व्यवसायका लागि यात्रा सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छरछिमेकीहरूको सहयोग मिल्नेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आर्थिक पक्ष सामान्य रहनेछ। रोकिएका काम बन्नेछ । मेहनतले राम्रै प्रतिफल हात पर्नेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। आफ्ना योजना गोप्य राख्नुपर्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार व्यवसायमा भावनामा आएर कुनै निर्णय नलिनुहोला। धैर्यता वा साहसले काम बन्नेछ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। नयाँ काम सुरु गर्नुअघि सोचविचार गर्नुहोला । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उद्योग व्यापारमा लाभ रहनेछ। श्रमको उपयुक्त मूल्याङ्कन मिल्नेछ। नयाँ कार्य सुरु गर्ने समय रहेको छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। तत्कालको फाइदा हेर्दा भविष्यमा घाटा हुनसक्छ । काम बिग्रने डरले सताउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आयआर्जन राम्रो रहनेछ। व्यापार व्यवसायमा परिस्थिति हेरेर निर्णय लिनुहोला। प्रतिष्ठित व्यक्तिहरूसँग सम्बन्ध राम्रो हुनेछ । प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारबाट धनलाभ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायबाट लाभ मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। धेर्य गरेर काम गर्ने समय छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। मेहनत गर्दा रोकिएको काम बन्ने योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित कार्य प्रारम्भ गर्ने मौका मिल्नेछ। कार्यक्षेत्रमा आत्मबल बढ्नेछ। व्यक्तिगत जीवनमा चुनौती आउन सक्ला। व्यापार व्यवसायमा हतारमा निर्णय नलिनुहोला। नयाँ कामको प्रस्ताव आउनेछ । मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगनशीलताको कमीले कार्यमा बाधा आउनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा भएको धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक पक्ष सुदृढ रहनेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ । मेहनतले आम्दानी बढाउनेछ। श्रमको उच्च मूल्याङ्कन हुनेछ । आयस्रोत बढ्नेछ । उठ्नुपर्ने रकम हात पर्नेछ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार व्यवसायमा प्रशस्त लाभ रहनेछ। विशेष भेटघाटले उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। अरुलाई प्रभावित पर्ने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मेहनत गर्दा परिणाम हात पर्ने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। काम बिग्रने भयले सताउनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्यक्षेत्रमा अनुमानित भन्दा धेरै समय लाग्नेछ। आकस्मिक धन हानिका योग छन्। गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। पछि फाइदा हुने काम गर्ने समय छ ।