images
images

‘छापामाध्यमका पाठक घटे पनि सान्दर्भिकता अझै सकिएको छैन’

‘छापामाध्यमका पाठक घटे पनि सान्दर्भिकता अझै सकिएको छैन’

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • ‘छापामाध्यमका पाठक घटे पनि सान्दर्भिकता अझै सकिएको छैन’

    काठमाडौँ / सूचना प्रविधिमा भएको तीव्र विकासले छापामाध्यमका पाठक घटे पनि यसको सान्दर्भिकता भने नसकिएकामा जोड दिइएको छ ।

    images
    images

    छापामाध्यमहरूको राष्ट्रिय सञ्जालले ‘नेपालका छापामाध्यमले भोगिरहेका समस्या’ विषयमा आज ललितपुरमा आयोजना गरेको छलफलमा सहभागीले पत्रकारिताका समस्या निराकरणका लागि स्वयं छापामाध्यमले आफूलाई परिष्कृत बनाउने र समयसापेक्ष ढाल्नुपर्ने जोड दिए ।

    साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले ‘छापा माध्यमका समस्या र सम्बद्ध पक्षहरूसँग अपेक्षा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे ।

    उनले समाचारका विषयवस्तु र त्यसको प्रस्तुतीकरण विगतमा झैँ गर्ने हो भने छापामाध्यम नटिक्ने यथार्थमा जोड दिँदै अब यसले समाचार ब्रेकिङ गर्नेबारे नसोची यसको गहिराइमा जानुपर्नेमा जोड दिए । 

    न्यु मिडियाले दिन नसकेका र छुटाएका विषयवस्तुमा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने हो भने अझै पनि अखबारले पाठक पाउन सक्ने सम्भावना जीवितै रहेको उनको विश्वास थियो । 

    ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले नेपाली छापामाध्यमले हाल भोगिरहेको समस्यालाई परास्त गर्न नयाँ ढङ्गले सोच्नुपर्नेमा जोड दिए । 

    उनले छापामाध्यमको महत्त्व र गरिमा अझै बाँकी नै रहेकाले त्यसको प्रभावकारितालाई केन्द्रमा राखेर समाचार प्रकाशन गर्न सके आत्तिनुपर्ने अवस्था अझै आइनसकेको जिकिर गरे । 

    नेपाल चाइना मिडिया फोरमले आजै  ‘नेपाल –चीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका’ विषयमा आयोजना गरेको अन्तरक्रियामा सहभागी पत्रकारले नेपाली मिडियाले दुई देशबिचको सम्बन्धलाई अझै मजबुत पार्न  संवाद, सहकार्य र आपसी साझेदारीलाई इमानदारीका साथ नागरिकसमक्ष पु¥याउने जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए  । 

    नेपाल –चीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार सीताराम भट्टराईले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र द्विपक्षीय हितका बाटामा डो-याउन मिडियाले जे जति  काम गर्न सक्थ्यो त्यसो हुन नसकेको विचार राखे । 

    नेपाली मिडियाले नेपाल चीन सम्बन्धलाई ठीकसँग बुझ्न नसकेको बताउँदै चिनियाँ पक्षले पनि नेपाली मिडियालाई समयमा नै सही सूचना दिने र सूचनाको पहुँचमा रहनुपर्नेमा उनले जोड दिए । 

    कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाली छापामाध्यमले भोगिरहेका समस्यालाई सम्बोधनका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समेत सक्रिय गराउन आफूले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे । 

    नेपाल चीन सम्बन्धलाई थप मजबुत बनाउन नेपाली मिडियाले स्वतन्त्र र व्यावसायिक भएर सोहीअनुसारका लेख, रचना, समाचार र टिप्पणी प्रकाशन र प्रसारण गरे मात्रै पनि पुग्ने उनले बताए । 

    मिडियालाई जिम्मेवार बन्न र कुनै पनि अर्को मुलुकसँग जोडिएका विषयमा काम गर्दा सजग रहन उनले आग्रह गरे ।

    नेपाल चाइना मिडिया फोरमका अध्यक्षसमेत रहेका श्रेष्ठले नेपाली मिडियाले दुई देशको सम्बन्धलाई अझै मजबुत पार्न विद्यमान संवाद, सहकार्य र आपसी साझेदारीलाई इमान्दारीका साथ नागरिकसमक्ष पुर्याउने जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । 

    वरिष्ठ पत्रकार राजन कार्की, डा बालकृष्ण चापागाईं, निर्मला शर्मा, पुष्पराज प्रधान, विश्वमणि सुवेदी, महेश्वर दाहाल र खिलबहादुर भण्डारीले प्रस्तुत दुवै कार्यपत्रमाथि टिप्पणी गरेका थिए । 

    कार्यक्रममा वरिष्ठ पत्रकारसहित करिब ५० सञ्चारकर्मी र सरोकारवालाको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार