images
images

उड्ने बित्तिकै विमानमा आगो लागेपछि...

उड्ने बित्तिकै विमानमा आगो लागेपछि...

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • उड्ने बित्तिकै विमानमा आगो लागेपछि...

    क्यानडा  / टोरन्टो विमानस्थलबाट पेरिसका लागि उडेको केही मिनेटमै एयर क्यानडाको विमानमा आगलागी भएको छ ।  टोरन्टोबाट पेरिसतर्फ उडेको बोइङ ७७७ जेटमा आगो लागेको थियो । यो दृश्य क्यामरामा समेत कैद भएको थियो ।

    images
    images

    घटनाको समयमा विमानमा ३८९ जना यात्री र चालक दलका १३ सदस्य सवार थिए । यो घटना जुन ५ को भएको बताइएको छ । टोरन्टोबाट उडान भरेको उक्त विमान टेकअफ भएको केही मिनेटमै एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले दायाँ इन्जिनबाट स्पार्क निस्किरहेको देखे । 

    यस घटनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल पनि भइरहेको छ । यस सम्बन्धमा एयर क्यानडाले एक विज्ञप्तिमा भनेको छ, “इन्टरनेटमा पोस्ट गरिएको घटनाको भिडियोमा इन्जिन कम्प्रेसर स्टलको बिन्दुमा देखाइएको छ, जुन टर्बाइन इन्जिनसँगै यसको एरोडायनामिक्स प्रभावित हुँदा हुन सक्छ।”

    घटना विभिन्न कारणले हुनसक्ने भए पनि इन्जिन मार्फत हावाको प्रवाह अवरुद्ध भएको कारण आगो लागेको हुनसक्ने बताइएको छ । आगो लाग्ने बित्तिकै तुरुन्तै फ्लाइट क्रुलाई सूचित गरेर विमानलाई विमानस्थलमै फर्काइएको थियो ।

    यात्रीहरुलाई सोही रात अर्को फ्लाइटबाट पठाइएको कम्पनीले बताएको छ । समस्या देखिएको बोइङ्लाई ग्राउन्डेड गरिएको छ । 

    विमानको चेकजाँच भइरहेको छ । पछिल्लो केही समययता बोइङ ७७७ जेटमा एकपछि अर्को गर्दै समस्या आइरहेको छ । यी घटनाहरूले विमानको सुरक्षा र विश्वसनीयताबारे चिन्ता बढाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार