काठमाडौँ / नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा दुला प्रतियोगिताबाट पदपूर्ति गर्ने भएको छ । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो ।