images
images

मुग्लिन–पोखरा सडक : यी व्यक्तिले संरचना नहटाउँदा  निर्माण प्रभावित बन्यो

मुग्लिन–पोखरा सडक : यी व्यक्तिले संरचना नहटाउँदा  निर्माण प्रभावित बन्यो

शनिवार, जेठ २६ २०८१
शनिवार, जेठ २६ २०८१
  • मुग्लिन–पोखरा सडक : यी व्यक्तिले संरचना नहटाउँदा  निर्माण प्रभावित बन्यो
    images
    images

    मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही घरधनीहरुले संरचना हटाउन आनाकानी गर्दा निर्माण कार्य ढिलाइ हुने भएको छ । 

    सडक मापदण्डभित्र रहेका संरचना हटाउन उनीहरुले नमान्दा सडक विस्तार प्रभावित भएको हो । 

    वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध पनि गरिसकेको हो । 


     वडाध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन  गरेको थियो । 

    संरचना हटाउन नमान्ने यी हुन् घरधनीहरु ः 

    घरधनी पर्शुराम अधिकारी
    प्रकाश अधिकारी
    ध्रुव प्रधान 
    पम्फा श्रेष्ठ 
    टीकाराम अधिकारी
    शुकबहादुर 
    कृष्णकुमारी कायस्थ
    भक्तबहादुर सुनार

    यी व्यक्तिहरुलाई सडक क्षेत्रभित्र पर्ने आफ्ना घरटहरा अविलम्ब हटाइ सडक विस्तारमा सहयोग गर्न वडा कार्यलयलेअनुरोध गरिएको थियो । 


    साथै सडक मापदण्डभित्र पर्ने संरचना नहटाइएको पाइएमा नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष श्रेष्ठले जानकारी गराएका छन् । 

    मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले यही जेठ १३ गते गाउँपालिकालाई उक्त सात जना घरधनीले सडक मापदण्डमा पर्ने घर टहरा नहटाएको भनेर पत्र पठाएको थियो । 

    सडक विस्तारमा अवरोध भएको हुँदा हटाउनुपर्ने घर टहरा अविलम्ब हटाउनेमा आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको थियो ।

    एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित साविक मुग्लिन–पोखरा राजमार्ग सुधार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म दुई खण्डमा सडक विस्तार भइरहेको छ । 

    उक्त दुवै खण्डको सडक निर्माणका लागि चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण भइरहेको छ । 

    उक्त सडक निर्माणका लागि मुआब्जा र क्षतिपूर्ति वितरण भइसकेको अवस्थामा गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये सात जना घरधनीले सडक क्षेत्रमा पर्ने घरटहरा नहटाउँदा सडक विस्तारमा अवरोध भएको सडक विस्तार आयोजनाले जनाएको हो ।

    यसैगरी पूर्वी खण्ड अन्तर्गत नै दमौली बजारमा संरचना नहटाउँदा काम अगाडि बढेको छैन । सडकको मापदण्ड विवादका कारण केही घरधनीले संरचना नहटाउँदा दमौली बजारको मुख्य चोक धुलाम्य छ ।

    पूर्वी खण्डमा हालसम्म ६० प्रतिशत प्रगति भएको छ । यो खण्डको म्याद गत वैशाख २ गते सकिएकामा एक सय ५५ दिन म्याद पुनःथप गरिएको छ । 

    पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार विविध कारणले समयभित्रै काम सम्पन्न हुन नसकेपछि म्याद थपको निर्णय गर्नुपरेको हो ।

    पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। 

    आँबुखैरेनीदेखि जामुनेसम्म २२ दशमलव पाँच किमी चार लेन र सात दशमलव पाँच किमी दुई लेनमा कालोपत्र सकिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार