images
images

महालक्ष्मी विकास बैङ्कले प्रयोगमा ल्यायो पर्यावरणीय मैत्री विद्युतीय सवारी

महालक्ष्मी विकास बैङ्कले प्रयोगमा ल्यायो पर्यावरणीय मैत्री विद्युतीय सवारी

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • महालक्ष्मी विकास बैङ्कले प्रयोगमा ल्यायो पर्यावरणीय मैत्री विद्युतीय सवारी

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्कले आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ । 

    images
    images

    बैङ्कले हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागि वार्षिक उत्सव महिनाको रूपमा रहेको जेष्ठ महिना तथा ३० औँ वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको हो । 

    सोही अनुरूप बैङ्कले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याईसकेको छ र हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरूमा क्रमश विद्युतीय गाडीहरूको प्रयोग बढाउँदै जानेछ । यस्ता कार्यक्रमहरूले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवद्र्घन तथा दिगो विकासमा टेवा पु-याउने विश्वास बैङ्कले लिएको छ । 
     
    बैङ्कले ३० औँ वार्षिकोत्सवको अवसर पारेर यही जेठ २२ गते मंगलबारदेखि २५ गते बिहिबार (तिन दिन) सम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२४’ (श्रृङखला ३) ललितपुरको इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ । उक्त प्रतियोगितामा विभिन्न बैङ्क तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका छन् ।  

    “सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कको देशभर १०३ शाखा कार्यालयहरू र ७ लाख भन्दा बढी ग्राहकहरू रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार