images
images

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा ‘रोमिङ प्याकका साथ रहनुहोस् सधैँ अन’

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा ‘रोमिङ प्याकका साथ रहनुहोस् सधैँ अन’

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा ‘रोमिङ प्याकका साथ रहनुहोस् सधैँ अन’
    images
    images

    काठमाडौँ / एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्छन् । आम मानिसलाई मोबाइल डेटामार्फत सधैँ अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क उल्लेख्य रूपमा घटाउँदै शुल्क परिमार्जन गरेको छ । 

    एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाईएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्याण्ड रहेका छन् । परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको हो ।

    यो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरू पाइन्छ र सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु आवश्यकता पर्दैन ।

    डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले कर सहित दैनिक मात्र रू. ७९.८८ मा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन् । यो शुल्क यस अघिको दैनिक रू. १९०.१८ को तुलनामा ५८ प्रतिशतले कम हो । 

    त्यस्तैगरी चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरूले कर सहित मात्र रू १९०.१८ मा प्रति दिन डेटा सेवाको फाइदा लिन सक्छन् । परिमार्जन अघि यी गन्तव्यहरूमा दैनिक डेटा रोमिङको शुल्क रू. ६३३.९३ रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ ।

    ग्राहकले एष्ट्रि«क्स१७१२९एष्ट्रि«क्स२ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सुचारु गर्न सक्छन् । प्रिपेड ग्राहकले एष्ट्रि«क्स१२३ह्यास डायल गरी यो प्याक सजिलै लिन सक्छन् । त्यस्तै, इच्छुक ग्राहकले एनसेल एप वा एनसेलको वेभसाइटबाट पनि प्याक लिन सक्ने सुविधा रहेको छ ।

    ग्राहकहरूले देशभित्र वा नेपाल बाहिर रहँदा पनि विभिन्न वालेटमार्फत सजिलै ब्यालेन्स रिचार्ज गरेर डेटा प्याक खरिदका साथै अरू कार्य गरि सधैं कनेक्टेड रहन सक्छन् ।

    सधैं अन योजनालाई ध्यानमा राख्दै परिमार्जन गरिएको डेटा रोमिङको शुल्कले यी देशहरूमा विविध उदेश्यका राखी यात्रा गर्ने एनसेलका ग्राहकलाई ठूलो महत्त्व राख्ने विश्वास एनसेलले लिएको छ । यो प्याक सुचारू गर्न कुनै शुल्क पनि लाग्दैन । 

    यी देशहरूमा जाँदा रोमिङ स्वतः सुचारु हुन्छ र ग्राहकले सिधै दैनिक डेटा रोमिङ खरिद गरी डेटा सेवा प्रयोग गर्न सक्छन् । 
    ग्राहकले यो प्याक आफू विदेश भ्रमणमा जानु भन्दा अधि वा विदेश पुगिसकेपछि पनि सुचारू गर्न सक्छन् । एनसेलको रोमिङ सेवा विश्वका १०० भन्दा बढी देशहरूमा उपलब्ध छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार