images
images

महालक्ष्मी विकास बैङ्कद्वारा आश्रम र ‘नगरप्रमुख शैक्षिक सुधार कोष’लाई सहयोग

महालक्ष्मी विकास बैङ्कद्वारा आश्रम र ‘नगरप्रमुख शैक्षिक सुधार कोष’लाई सहयोग

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • महालक्ष्मी विकास बैङ्कद्वारा आश्रम र ‘नगरप्रमुख शैक्षिक सुधार कोष’लाई सहयोग

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क लिमिटेडका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोग प्रदान गर्ने कार्यक्रमहरू सम्पन्न भएका छन् ।  

    images
    images

    ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कले नगरपालिका र आश्रमलाई सहयोग गरेको हो । 

    बैङ्कको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस – २०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाई वितरण कार्यक्रम सम्पन्न गरेको छ ।  

    बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा दर्शन गर्न आएका करिब पच्चिस सय श्रद्घालु भक्तजनहरूका लागि शुद्घ पिउने पानी तथा मिठाई वितरण गरिएको थियो । 

    बैङ्कले विगत १३ – १४ वर्षदेखि नै बुद्ध जयन्तीको दिन श्रद्धालु भक्तजन तथा सर्वसाधारणहरूलाई पिउने पानीको समस्या नहोस् भन्ने उद्देश्यले यो कार्यलाई निरन्तरता दिँदै आएको छ ।

    त्यसैगरी बैङ्कको धनगढी शाखाद्वारा धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’लाई एक लाख पचास हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । 

    ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बिचैमा पढाई छोड्न नपरोस् भनेर स्थापना गरिएको नगरप्रमुख शैक्षिक सुधार कोष मार्फत विपन्न परिवारका बालबालिकाहरूको शैक्षिक गुणस्तर सुधार्न गर्न मद्दत पु-याउने उद्देश्यले बैङ्कले उक्त सहयोग गरेको हो । 

    बैङ्कको सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रम सँगसगै बैङ्कको नारायणगढ शाखाद्वारा देवघाटधाम, तनहूँमा अवस्थित गलेश्वर आश्रमलाई तिन लाख रूपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । 

    आश्रमले नेपालीपन झल्कने प्यागोडा शैलीमा सिद्घेश्वर शिव मन्दिर निर्माण गरिसकेको तर आर्थिक अभावका कारण मन्दिर प्राङ्गणमा नेपाली ढुङ्गा बिच्छाउने  कार्य बाँकी रहेकाले सो कार्य सम्पन्न गर्नका लागि बैङ्कले उक्त सहयोग गरेको हो ।

    बैङ्कको बाग्मती प्रदेश ‘ख’ प्रमुख शम्भु प्रसाद पराजुलीले गलेश्वर आश्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । 

    आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने कुरा बैैकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार