images
images

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोबार सञ्चालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोबार सञ्चालनमा

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोबार सञ्चालनमा

    काठमाडौँ / नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरुवागुठी र सुनसरी जिल्ला, गढी गाउँपालिका-२, औरावनीस्थित वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको छ । उक्त वेयरहाउजिङ्गको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न सङ्कलक र खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको छ ।

    images
    images

    नेपाल वेयरहाउजिङ्ग कम्पनीको पर्सा र सुनसरीस्थित इकाइहरूमा अन्न भण्डारणको कार्य सुचारु भइ तराईका भेगहरूबाट मकै वाली कृषकहरूले हार्भेष्ट गरेर बजार पठाउन थालेपछि मकैका सङ्कलक, दाना कम्पनी आदिले लामो समयसम्म सुरक्षित तथा वैज्ञानिक भण्डारणको लागि नेपाल वेयर हाउसको साइलोमा मौज्दात गर्न थालेका छन् ।

    यसबाट उपयुक्त समयमा बिक्री गरी किसान तथा व्यापारीहरूले आफ्नो कृषि उपजको अधिकतम मूल्य प्राप्त गर्न सफल हुनेछन् । 

    कम्पनीका महाप्रवन्धक समिरराज सत्याल भन्छन्, “मकै, गँहु, र भटमास पूर्ण रूपले स्वचालीत मेशिनद्वारा सफाई, तथा केलाई गरी साइलोमा सुरक्षित तवरले भण्डारण गरिन्छ साथै यसरी साईलोमा राखिएको अनाजको तापक्रम, आद्रता, कम्प्युटरको माध्यमवाट सुक्ष्म रूपले वैज्ञानिक व्यवस्थापन गरिन्छ । यस प्रकारले भण्डारीकरण गरिएको अनाजको इन्स्योरेन्सको व्यवस्था पनि कम्पनी स्वयंले गरेको निज बताउँछन् । अबको दुई महिना मकै र गँहुको कटानी भई बजारमा आउने भएकोले दिनको २५–३० गाडी दिनहुँ आइरहेको सत्याल बताउँछन् । यसका लागि उन्ले अहिले २४ सै घण्टा कम्पनी सञ्चालनको व्यवस्था मिलाएको निजले वताउँछन् ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार