images
images

महालक्ष्मी विकास बैङ्क र एनसीएचएलबिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि सम्झौता

महालक्ष्मी विकास बैङ्क र एनसीएचएलबिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि सम्झौता

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • महालक्ष्मी विकास बैङ्क र एनसीएचएलबिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि सम्झौता

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले नेपाल र भारत बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । विकास बैङ्कहरूमध्ये यस बैङ्क एनसीएचएलसँग अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो विकास बैङ्क हो । 

    images
    images

    भारतमा नोष्ट्रो खाता सञ्चालनमा रहेकाले बैङ्कले उक्त सुविधा प्रदान गर्न सक्षम भएको हो ।

    सम्झौतापश्चात् अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरुवात लगत्तै नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको सीमा पालना गर्दै महालक्ष्मी विकास बैङ्कमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खातामार्फत भारतमा रहेको आफ्नो खातामा सिधै रकमान्तर गर्ने सुविधा उपलब्ध हुनेछ । 

    यसैगरी भारतमा रहेका नेपाली नागरिकले पनि यूपीआई इनेबल्ड एप प्रयोग गरेर त्यहाँको नियामक निकायले तोकेको सीमाको अधिनमा रही नेपालमा महालक्ष्मी विकास बैङ्कको यूपीआई ह्रयान्डल लिंक गरिएको खातामा सिधै रकमान्तर गर्ने व्यवस्था उपलब्ध छ । 

    यो अन्तर्देशीय भुक्तानी शुरू भए पश्चात् विशेष गरी विद्यार्थीहरू, तीर्थयात्रीहरू, पर्यटकहरू तथा चिकित्सा उपचारका लागि भारत जाने ग्राहकहरूलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ ।

    सो सम्झौता पत्रमा महालक्ष्मी विकास बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल र एनसीएचएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

    “सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कको देशभर १०३ वटा शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन् । गत पुसमा सम्पन्न बैङ्कको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार