images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

शनिवार, बैशाख २९ २०८१
शनिवार, बैशाख २९ २०८१
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

    भैरहवा (रुपन्देही) / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाका प्रतिनिधिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमति सञ्चालनको माग राख्दै ध्यानाकर्षण गराएका छन् ।

    images
    images

    नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)मा एक कार्यक्रममा आएको प्रधानमन्त्री प्रचण्डलाई सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

    “भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका नाममा साप्ताहिक रुपमा एकतर्फी मात्र उडान भैरहेकोमा अब यो उडानलाई कम्तीमा दैनिक दुईतर्फी रूपमा उडान सञ्चालन हुने व्यवस्थासहित ध्यानाकर्षण गराएका हौँ ।” सङ्घका अध्यक्ष श्रेष्ठले भने, “हामीलाई विश्वास छ गत वर्ष जेठ महिनामा एकतर्फी उडान सुरुआत भएजस्तै यस वर्षको जेठ महिनाभित्रै दैनिक दुईतर्फ हवाई उडान सुरु हुनेछ ।”

    तत्कालीन समयमा प्रधानमन्त्रीको पहलमा नेपाल एयरलाइन्सले मलेसियाबाट भैरहवा साताको एक उडान गर्दै आएको छ ।

    विमानस्थलवाट नियमित उडान नहुँदा यस क्षेत्रका पर्यटन बजारहरू चलायमान हुन नसकेको र निजी क्षेत्रको अर्बौंको लगानी जोखिममा परेको सङ्घका अध्यक्ष श्रेष्ठले बताए । 

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडानहरू सुरुवात गर्न सके केही आशाका किरणहरू देखिने उनको भनाइ छ । 

    सङ्घले ध्यानाकर्षण पत्रमा वैदेशिक रोजगारमा जानेका लागि श्रमसँगै रुपन्देहीमै स्वास्थ्य परीक्षणको व्यवस्था गराउन माग गरेको छ ।

    “श्रमको कार्य भैरहवाबाटै हुने भए पनि स्वास्थ्य परीक्षणका लागि काठमाडौँमा नै जानु पर्ने व्यवस्था रहेको छ ।” अध्यक्ष श्रेष्ठले भने, “नेपाल सरकारले वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य जाँच परीक्षण भैरहवा बुटवलकै अस्पताल वा प्रयोगशालाबाट गर्न मिल्ने व्यवस्था छिटोभन्दा छिटो मिलाओस्।”

    यस्तै दुबई, कतार लगायतका देशका भिसा सेन्टरको स्थापना भैरहवामा गर्न, आइएलएस (इन्स्टमेन्ट ल्याण्डिङ सिस्टम) उपकरण विमानस्थलमा जडान रहेको तर हालसम्म पनि प्रयोगमा आउन नसकेकाले यो उपकरण सञ्चालनमा ल्याउन पनि सङ्घले माग गरेको छ । 

    भैरहवाबाट उडान गर्ने विमान सेवा कम्पनीलाई कम्तिमा यहाँको उडानको आधारमा कर छुट सहुलियत साथै कम्तीमा पाँच वर्षको लागि ग्राउन्ड ह्य्यान्ड्लिङ आफैँ गर्न सक्ने व्यवस्था गरी आकर्षित गर्न प्रधानमन्त्रीलाई सङ्घले माग गरेको छ ।

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानलाई हवाई इन्धनको मूल्य काठमाडौँमा भन्दा सस्तो गर्न पनि आग्रह गरेको छ । अहिले तराईतिरै बाट काठमाण्डु पुग्ने हवाई इन्धनको मूल्य काठमाडौँ र तराईमा एकै रहेको छ । 

    स्थानअनुसार इन्धन मूल्य कायम गरे विमानसेवा कम्पनीको उडान खर्च कम हुने र उनीहरुलाई आकर्षित गर्न सकिने श्रेष्ठले  बताए । 

    चीन, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, कम्बोडिया म्यान्मार जस्ता बढी वृद्ध धर्म मान्ने देश हरुबाट लुम्बिनी भ्रमणमा बढी आउने गरेका छन । ती देशहरूसँग कूटनीतिक पहल गरी कम्तीमा हप्ताको एक उडानका लागि अनुरोध गर्न आग्रह गरिएको श्रेष्ठले बताए ।

    यस्तै नेपाल एयरलाईनसँगै नेपालको अर्को निजी कम्पनी हिमालय एयरलाइन्सलाई पनि साताको एउटा मात्र भए पनि उडान गराइदिने व्यस्था गर्न संघले आग्रह गरेको छ । 

    भैरहवाबाट दिल्ली, लखनउ लगायत भारतका सहरमा उडानका लागि आफ्ना भारतीय समकक्षी समक्ष पहल गरिदिने आग्रह पनि गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

    विमानस्थल नियमित सञ्चालनका लागि यहाँका निजी क्षेत्रले के कार्य गर्नुपर्ने हो त्यसका लागी नेतृत्व लिनुपरे सिद्धार्थ उद्योग वाणिज्य सङ्घ तयार रहेको उनले बताए । 

    यस विषयमा प्रधानमन्त्रीले पनि सकारात्मक चासो दिएको श्रेष्ठको भनाइ छ । सङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्रीले यसको लागि पहल जारी रहेको बताएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार