images
images

आठौँ भक्तपुर महोत्सव : अहिलेसम्म १ लाख जनाले गरे अवलोकन

आठौँ भक्तपुर महोत्सव : अहिलेसम्म १ लाख जनाले गरे अवलोकन

बिहिवार, चैत २९ २०८०
बिहिवार, चैत २९ २०८०
  • आठौँ भक्तपुर महोत्सव : अहिलेसम्म १ लाख जनाले गरे अवलोकन

    भक्तपुर / आठौँ भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार बुधबार साँझसम्म एक लाखजना भन्दा बढीले उक्त महोत्सवको अवलोकन गरेका हुन् । 

    images
    images

    “२८ गते बुधबार साँझसम्म महोत्सवमा एक लाख जना भन्दा धेरैले अवलोकन गर्नुभएको छ,” उनले भने, “सातौँ दिनसम्म आइपुग्दा सहभागिता उत्साहजनक रहेको छ ।” मंगलबार भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा सुरु भएकाले अबका दिनका महोत्सव अवलोकन गर्ने आउनेहरूको सङ्ख्यामा वृद्धि हुने आयोजकहरुको अपेक्षा छ । 

    आज २८ गते विहिबार गायीका अस्मिता अधिकारी, गायक कुलेन्द्र विश्वकर्मा, दुर्गेश थापा, श्रीकृष्ण बम मल्लगायतका कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल महर्जनले जानकारी दिएका छन् । ।

    “अहिलेसम्म राष्ट्रियस्तरका तीन दर्जन कलाकारहरूले सांगीतिक प्रस्तुती दिइसक्नु भएको छ,” महर्जनले भने । नृत्य प्रतीयोगीता पनि जारी रहेको र बैशाख ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने उनले बताए । 

    नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरे महोत्सवका आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए । 

    “कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहनेछ,” थापाले भने । 

    कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ । महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई रु.५० र सर्वसाधरणलाई भने रु.७० को टिकट लाग्ने संयोजक थापाले बताए । महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा बैशाख २ गतेसम्म सञ्चालन हुनेछ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार