काठमाडौँ / निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या छिटो समाधानका लागि नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई अलगअलग रूपमा ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा आफूहरु र सरकारसँग भएका ठेक्का पक्षपातपूर्णरूपमा तोडिएको र काम गरेको रकम भुक्तानी नदिइएको गुनासो गरिएको छ ।
नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष खोपनिधि लोहनी, लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइराला, नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनका महासचिव मङ्गलबहादुर शाही र नेपाल निर्माण व्यवसायी सङ्गठनका अध्यक्ष यक्षध्वज कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारले जीर्ण अवस्थामा रहेको निर्माण क्षेत्र, यसमा संलग्न व्यवसायी, त्यहाँ कार्यरत मजदुर, तिनका परिवार र बैङ्किङ क्षेत्रको सङ्कटलाई समाधान गर्न सार्वजनिक खरिद नियमावलीमा संशोधन गर्न पनि आग्रह गरिएको छ ।
अध्यक्ष लोहनीले आफूहरूका मागप्रति सत्ता गठबन्धनका नेताहरू सकारात्मक रहेको प्रतिक्रिया दिए ।
प्रतिनिधिमण्डलमा सहभागी व्यवसायी मदन अधिकारीका अनुसार सरकारले काम सम्पन्न भइसकेको करिब रु.एक खर्ब व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको छ ।