images
images

सानिमा बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने

सानिमा बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने

शुक्रवार, चैत २३ २०८०
शुक्रवार, चैत २३ २०८०
  • सानिमा बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘नव वर्ष उत्सव’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

    images
    images

    बैंकका अनुसार योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

    ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् ५०० रुपैयाँसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् ७५० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । 

    यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०८०, चैत्र २२ देखि २०८१, बैशाख ६ गतेसम्म लागू हुने बैंकले जनाएको छ । बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

    साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार