काठमाडौँ / नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले विदेशबाट रेमिट्यान्स प्राप्त गर्दा बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । कम्पनीले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो ।
फागुन १० गतेबाट सुरु भएको सो अफर दुइ महिनासम्म रहनेछ ।
सो अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राममार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ बोनससम्म प्राप्त गर्न सक्नेछन् ।
मनि ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ ।
आइएमई पे’मार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।