images
images

वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई, लुम्बिनी ८ रनले पराजित

वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई, लुम्बिनी ८ रनले पराजित

बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई, लुम्बिनी ८ रनले पराजित
    images
    images

    विराटनगर / विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता सुदूरपश्चिम प्रदेशले हासिल गरेको छ । बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा बिहीबार भएको फाइनल खेलमासुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

    यसअघि सन् २०२२ मा त्रियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरी उपाधि जितेको थियो । जितसँगै बिजेता टोलीले रु दुई लाखसहित ट्रफी तथा उपविजेता लुम्बिनीले रु एक लाखसहित ट्रफी हात पारे ।

    टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सबै विकेट गुमाई एक सय २७ रनको योगफल बनायो । सुदूरका लागि अविशेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७ रन, नरेन राउदले १५ रन, राजेश एयेर १४ रन र दीपक रोकयाले ११ रनको योगदान दिए । 

    लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २८ रन दिए । त्यस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिए । एक सय २८ रनको लक्ष्य पाएको लुम्बिनीले ४३ दशमलव १ बलमा सबै विकेट गुमाइ एक सय १९ रन मात्र बनाउन सक्यो । 

    लुम्बिनीका आकाश त्रिपाठीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समिर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए । 

    सुदूरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २/२ विकेट लिए । प्रतयोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलरसमेत भए । 

    उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए । उत्कृष्ट खेलाडीले नगद रु ५० हजारका साथ ट्रफी तथा उत्कृष्ट ब्याटर र बलरले जनही नगद रु २५ हजारसहित ट्रफी हात पारे ।  प्लेयर अफ द म्याच सुदूरका कप्तान हेमन्त धामीले पाएको नगद रु तीन हजार पुरस्कार  ग्राउण्ड स्टाफलाई वितरण गरे । 
     
    विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महमद बाबुलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार