काठमाडौँ / बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
मङ्गलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो भने बुधबार बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको हो ।
यता, चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला २ हजार ३० रुपैयाँ रहेको चाँदीलाई आज २ हजार १५ रुपैयाँ मात्रै पर्नेछ ।